
काठमाण्डौ । आज नेवार समुदायमा (म्हः) अर्थात् आत्म पूजा गरिदैछ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ ।