Author: SonyOtv Media

काठमाडौं । आज जुन २६ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँएको छ। लागुऔषधको बढ्दो प्रयोग र त्यसबाट समाजमा पर्ने गम्भीर असरबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा पारित गरेको प्रस्तावअनुसार सन् १९८८ देखि प्रत्येक वर्ष जुन २६ मा यो दिवस मनाउन थालिएको हो। लागुऔषध दुरुपयोगमुक्त समाज निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्य र साझा प्रतिबद्धतालाई सुदृढ बनाउने सन्देश यस दिवसले दिने गर्दछ। संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला वर्षहरूमा विश्वभर लागुऔषधको प्रयोग र अवैध कारोबार बढ्दो क्रममा छ। विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेख्य वृद्धि भएको…

Read More

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो । सो स्थलमा गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका थिए। गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो। गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिएका थिए।

Read More

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ आज बिहिबार बालाजु नयाँ बसपार्कस्थित सुकुम्बासीहरू राखिएको दुईवटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गरेका छन्। अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी समेत मागे। आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुम्बासी बस्ती हटाइएको भए तापनि सरकार उनीहरूको उचित व्यवस्थापनप्रति गम्भीर रहेको उनले स्पष्ट पारे। व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गरे । सो क्रममा सुकुम्बासी परिवारले गृहमन्त्री समक्ष आफ्ना पीडा र गुनासाहरू राखेका थिए। हाल बस्न र खान सहज भए तापनि बालबच्चाको शिक्षादीक्षामा असहजता रहेको र उपचारका लागि डाक्टरहरू समेत नआएको उनीहरूले गुनासो गरे। पीडितहरूको गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले…

Read More

काठमाडौँ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट कार्यान्वयन हुने विश्वास नभएको बताए। बजेट माथि टिप्पणी गर्दै प्रतिनिधिसभा बैठकमा सांसद सिंहले आफू दक्षिण एसियाको राजनीतिको विद्यार्थीसमेत भएको भन्दै जीडीपीको ३२–३३ प्रतिशत कहीँ पनि बजेट नबनाउने भन्दै फुकिएको बेलुनको संज्ञा दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति आवश्यक रहेको बताए । प्रतिनिधिसभाको बिहीबार आजको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आयातमा केही शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताएका हुन् । आफूहरूले त्यो छानबिन समिति अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि आवश्यक रहेको…

Read More

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार आज प्रधानमन्त्री शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका छन् । नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैसँग राखेका छन् । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भइ म्याग्दीबाट निर्वाचित सांसद हुन् । गुरुङ गत चैत १३ गते गृहमन्त्री…

Read More

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङले छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको बताए । आइतबार आज गृहजिल्ला गोरखामा पुगेका गुरुङले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिनका लागि सहजीकरण गर्न आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका हुन्। गुरुङले सफाइ पाएर फेरि गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह गरे । उनीमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छानबिन प्रतिवेदन पेस गरिसकेको छ । मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति बनाएको थियो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर…

Read More

२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

Read More

काठमाण्डौ । जेन जी पुस्ता अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूले भोलि गर्ने प्रदर्शनलाई काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गरेका छन्। १३ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि काठमाण्डौमा प्रदर्शन गर्न लागेका हुन् । त्यही प्रदर्शनबारेमा फेसबुकमा मेयर शाहले आफू २८ वर्ष पार भएका कारण प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उल्लेख गरेका छन् । ुजेन जी पुस्ताको प्रदर्शन भोलि काठमाण्डौको माइतीघर मण्डलमा बिहान ११ बजे हुनेछ । सामाजिक सञ्जाल टिकटकमा चलेको ट्रेन्ड अनुसार उनीहरूले विद्यार्थीको पोशाक लगाएर, परिचय पत्रसहित कम्तीमा एउटा…

Read More

काठमाण्डौ । नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल भएको छ । आज, आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो निष्कर्ष निकालेको हो । सहमहामन्त्री जीवन परियारका अनुसार पार्टी सरकारमै रहेकाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय किन र के आधारमा गरिएको हो भन्ने बारेमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीले औपचारिक धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्न नभएर दर्ता प्रक्रियाका लागि मात्रै सरकारले निर्णय गरेको कुरा आफूलाई जानकारीमा रहेको बताउएका थिए। बैठकमा कांग्रेस महामन्त्री गगन थापासहित धेरैजसो नेताहरूले सामाजिक सञ्जाललाई कानून बनाएर मात्रै नियमन गर्नुपर्नेमा निर्देशिकामा टेकेर काम गर्न खोज्दा…

Read More