
काठमाण्डौ । नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल भएको छ ।
आज, आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो निष्कर्ष निकालेको हो । सहमहामन्त्री जीवन परियारका अनुसार पार्टी सरकारमै रहेकाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय किन र के आधारमा गरिएको हो भन्ने बारेमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीले औपचारिक धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकमा सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्न नभएर दर्ता प्रक्रियाका लागि मात्रै सरकारले निर्णय गरेको कुरा आफूलाई जानकारीमा रहेको बताउएका थिए।
बैठकमा कांग्रेस महामन्त्री गगन थापासहित धेरैजसो नेताहरूले सामाजिक सञ्जाललाई कानून बनाएर मात्रै नियमन गर्नुपर्नेमा निर्देशिकामा टेकेर काम गर्न खोज्दा अप्ठ्यारो परेको बताए ,