
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले प्लास्टिकका फूलमालामा प्रतिबन्ध लगाएको छ ।
नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी महानगरले प्लास्टिकका फूलगुच्छा र माला बिक्री,वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
महानगरले आज बिहिबार सूचना निकालेर प्लास्टिकको फूलगुच्छा र माला बिक्री,वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ ।
अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्री,वितरण वा प्रयोग भएको पाएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।