
काठमाण्डौ । काठमाण्डौ महानगरको प्रहरी बलले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्रीको बिक्री, प्रयोग र भण्डारणको अनुगमनलाई तिब्र बनाएको छ ।
नयाँ सडक, विशालबजार, पाको, खिचापोखरीसहितका क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८० वटा ढोका र सटरमा प्लाष्टिकका माला र सजावट पाइएकोले नगर प्रहरीले निकालेका छन् । क्षेत्रपाटी, नयाँबजारलगायत ठाउँका सात वटा पसल सटर, लाजिम्पाट, रानीबारी, बाँसबारी सुकेधारासहितका क्षेत्रबाट २० वटा पसल सटर, कालीमाटी, कुलेश्वर, टङ्केश्वरी क्षेत्रका ३२ वटा पसल सटरमा प्रहरी बलले अनुगमन गरेको छ ।
अनुगमनकै क्रममा यसअघि कोटेश्वरबाट आयातित विदेशी फूलका माला नियन्त्रणमा लिएको थियो ।