
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताए ।
आव शनिबार काठमाडौँमा आयोजित कार्यक्रमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा कोइरालाले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताए।
सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति उनले आपत्ति जनाएका छन् । मन्त्रीहरूलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने उनको भनाई छ ।
सांसद कोइरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको बताएका छन््। गर्न सकिँदैन भन्ने नभई हामी सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको उनको जिकिर थियो।