
काठमाण्डौ । जेन जी पुस्ता अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूले भोलि गर्ने प्रदर्शनलाई काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गरेका छन्।
१३ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि काठमाण्डौमा प्रदर्शन गर्न लागेका हुन् । त्यही प्रदर्शनबारेमा फेसबुकमा मेयर शाहले आफू २८ वर्ष पार भएका कारण प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उल्लेख गरेका छन् ।
ुजेन जी पुस्ताको प्रदर्शन भोलि काठमाण्डौको माइतीघर मण्डलमा बिहान ११ बजे हुनेछ । सामाजिक सञ्जाल टिकटकमा चलेको ट्रेन्ड अनुसार उनीहरूले विद्यार्थीको पोशाक लगाएर, परिचय पत्रसहित कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हने भनेका छन् ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले प्रदर्शनका लागि अनुमति दिएको छ ।