
काठमाण्डौ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
प्रहरीकाअनुसार दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप हिजो बेलुका साढे ७ बजे शान्तिनगर गाउँपालिका–१ हाँडीचारमा अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो ।
यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।