
काठमाडौं । दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते भएकी छिन् । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उनकी १४ वर्षीया छोरी रमा घाइते भएको हो।
ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते भएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिए । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।