
काठ्माडौं । पहिरोले अवरुद्ध लमजुङको डुम्रे–बेँसीशहर सडक सोमबार, आज सञ्चालनमा आएको छ ।
यस सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ को उदिपुर, दलाललगायतका ठाउँमा अविरल वर्षाले पहिरो जाँदा हिजो आइतवार बेलुकादेखि सडक अवरुद्ध भएको थियो । पानी निरन्तर रूपमा परिरहे पनि एस्काभेटरले विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानदेखि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीशहरबाट काठमाण्डौै, तनहुँ, पोखरा जाँदै गरेका र त्यहाँबाट बेँसीशहर आउँदै गरेका अलपत्र परेका थिए ।