
काठमाण्डौ । कास्कीको पोखरा महानगरपालिका–२२ मा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
बुधबार, आज दिउँसो विश्व शान्ति स्तुपाबाट पोखरा फर्किँदै गरेको ग १ ख ३८८६ नम्बरको बस सडकमा पल्टिएको हो ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जना गम्भीर अवस्थामा छन्। बसमा २६ यात्रुमा चार जना सकुशल छन् ।