
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल अध्ययन भ्रमणमा रहेको सो टोलीले भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिएका छन् ।
उनले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको दक्षिण एसियाली क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु संस्कृति र सभ्यताविपरीतका विषय हुने बताएका छन् ।
भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत सहभागी रहेका थिए ।