
काठ्माडौं । बझाङमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।
राष्ट्रिय प्रशारण लाइनमा समस्या आएपछि बझाङको विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको हो । विद्युत अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक जनजीवनका साथै व्यापार व्यवसाय र सरकारी कामकाजसमेत प्रभावित भएको छ ।
विद्युत् नहुँदा मोबाइलसमेत चार्ज गर्न नपाएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । बुधवार जयपृथ्वी नगरपालिकाको तमैलनजिक आएको पहिरोले पोलमा क्षति पुर्याएपछि विद्युत् सेवा अवरुद्ध भएको थियो ।