
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबका चुनावमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् ।
पार्टीको दोलखा–काठमाण्डौ सम्पर्क समन्वय समितिले गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको भन्दै अब एक्लै चुनाव लड्ने बताएका हुन् । उनले अब देशव्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको शुरुआत आउँदो मङ्सिरमा हुने उपचुनावबाट गर्ने बताए ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकार नागरिकको सेवाका लागि नबनेको भन्दै सरकारप्रति नागरिकले आशा गर्ने ठाउँ नरहेको जिकिर गरे ।