
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले डिजिटल शिक्षा आजको आवश्यकता भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले आजको युग कृत्तिम बौद्धिकतायुक्त प्रविधि र सिर्जनशीलताको युग भएको उल्लेख गरे । उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अर्बौं पुँजी विदेश पलायन हुनु अहिले मुख्य चिन्ताको विषय रहेको उनको भनाइ छ ।
आज शुक्रबार प्रधानमन्त्री ओली सुर्खेत पुग्दा विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्मको सडक खाली गराइएको थियो । केहीबेर गाडी रोकिएकोमा स्थानीयबासिन्दाले विरोध समेत गरेका थिए।