
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले एनसेललाई किस्ताबन्दीमा किन कर तिर्ने मौका दिएको भन्दै प्रश्न गरेका छन् । उनले दुई ठुला दल मिलेर बनेको सरकारले गर्छु भनेको राम्रो काम भनेको एनसेललाई कर सुविधा दिनु पो रहेको भन्दै व्यङ्ग गरे ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारले एनसेललाई दुहुनो गाई बनाएको बताएका छन् ।
उनले अहिले रुस–युक्रेन युद्धमा ४० नेपालीको ज्यान गएको र विपिन जोशी लगायतको अत्तोपत्तो नभएको भन्दै भने‚‘गल्फमा मात्र हजारौँ युवा जेलमा छन् कयौँ मृत्युदण्ड कुरेर बसेका छन् । चाडबाडमा महँगी चरम बढेको छ । सरकारको यस्तो विषयमा कुनै ध्यान नभएको बताए
‘खुल्ला मञ्चमा केही युवाले विरोध जनाए । सरकार सुध्रिपर्ने रहेछ भनेर गम्भीर हुनुपर्नेमा जुन प्रकारले आक्रमण र धरपकड गर्यो शुभ संकेत हैन । यसलाई तपाईँले पक्रेर र ठुलो स्वरमा जनताको आवाज दबाउन सकिन्न । जनताले अहिलेको व्यवस्थामा चित्त बझाएका छैन भनेर बुझ्नुस् र आफुलाई सच्याउन आग्रह गरे।