
काठमाडौं । स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएका छ ।
बिहीबार, आज काठमाडौंको जमलस्थित प्राधिकरणको कार्यालय अगाडि स्मार्ट टेलिकमको सम्पत्ति सरकारले लाइसेन्स खारेजी गरेपनि घरभाडा, बिजुली, कर्मचारी र रिचार्जकार्ड बिक्रेताहरुको भुक्तानी नगरेको भन्दै धर्ना दिएको हुन् ।
धर्नामा सहभागिले नेपाल सरकार, स्मार्ट टेलिकमको सम्पत्ति लिने अनि जनताको घरभाडा नदिने, विद्युतको महशुल नतिर्ने,न्याय दे सरकार, जनताको घरभाडा विद्युत महशुल तुरुन्त भुक्तानि गर,स्मार्ट टेलिकम कर्मचारीको तलब भत्ता पाऊ लगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए ।
स्मार्ट टेलिकमले करिव २८ अर्ब रुपैयाँ बक्यौता नबुझाएको र आफ्नो लाइसेन्ससमेत भनेको समयमा नवीकरण नगरेपछि दूरसंचार ऐनको व्यवस्था बमोजिम कम्पनीको लाइसेन्स २०८० बैशाख ३ मा स्वतः खारेज भएको थियो ।
त्यसपश्चात प्राधिकरणले बहालमा नरहेका सेवाप्रदायकको सम्पत्ति व्यवस्थापनसम्बन्धी नियमावलीमार्फत कम्पनीको व्यवस्थापन आफ्नो जिम्मामा लिएको थियो । प्राधिकरणको जिम्मामा आइसकेपछि प्राधिकरणले ऐनकै व्यवस्था बमोजिम एक समिति बनाएर कम्पनीकोे व्यवस्थापनको कार्य गर्ने निर्णयसमेत गरेको थियो । तर, त्यसयता प्राधिकरणले कम्पनीको व्यवस्थापन उचित ढंगले नगरेपछि पछिल्लो समय यसमा समस्या निम्तिँदै गएको छ ।