
काठमाण्डौ । सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।
सोमबार आज बसेको मन्त्रिपरिषद् बैठकले १८ गते शुक्रवार संसद्को बैठक आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।
संसद् अधिवेशन बोलाउने विषयमा सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।