
काठ्माडौं । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ र ३ को गर्खा नजिकै रहेको गौरी सल्लामा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार भएको छ ।
सिम्रिक एअरको हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार गरिएको चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए । चङ्खेली–२ का सुरेन्द्रबहादुर शाही र तिलबहादुर शाही, मुगुको रारा छायाँनाथ नगरपालिकाका रमेश मल्ल र पृथ्वी रावललाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको उनले बताए ।
यस्तै सामान्य घाइते भएका अन्य तीन जनालाई एम्बुलेन्समार्फत मुगु जिल्ला अस्पताल गमगढी लैजाने तयारी भइरहेको छ ।
आज बिहान कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप दुर्घटना भएको थियो ।