
काठ्माडौं । चितवनका दुग्ध उत्पादक किसानले ७४ करोड रुपैयाँभन्दा धेरै भुक्तानी पाएका छैनन् ।
गत फागुनदेखिको भुक्तानी बाँकी रहेको किसानहरुको गुनासो रहेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेकाअनुसार दुग्ध विकास संस्थानको मात्रै ३३ करोड रुपैयाँभन्दा धेरै भुक्तानी रोकिएको छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो ।
भुक्तानी माग गर्दै सङ्घले विभिन्न निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदासमेत भुक्तानी नपाएको बगाले बताएका छन् ।