Author: SonyOtv Media

२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

Read More

काठमाण्डौ । जेन जी पुस्ता अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूले भोलि गर्ने प्रदर्शनलाई काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गरेका छन्। १३ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि काठमाण्डौमा प्रदर्शन गर्न लागेका हुन् । त्यही प्रदर्शनबारेमा फेसबुकमा मेयर शाहले आफू २८ वर्ष पार भएका कारण प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उल्लेख गरेका छन् । ुजेन जी पुस्ताको प्रदर्शन भोलि काठमाण्डौको माइतीघर मण्डलमा बिहान ११ बजे हुनेछ । सामाजिक सञ्जाल टिकटकमा चलेको ट्रेन्ड अनुसार उनीहरूले विद्यार्थीको पोशाक लगाएर, परिचय पत्रसहित कम्तीमा एउटा…

Read More

काठमाण्डौ । नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल भएको छ । आज, आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो निष्कर्ष निकालेको हो । सहमहामन्त्री जीवन परियारका अनुसार पार्टी सरकारमै रहेकाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय किन र के आधारमा गरिएको हो भन्ने बारेमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीले औपचारिक धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्न नभएर दर्ता प्रक्रियाका लागि मात्रै सरकारले निर्णय गरेको कुरा आफूलाई जानकारीमा रहेको बताउएका थिए। बैठकमा कांग्रेस महामन्त्री गगन थापासहित धेरैजसो नेताहरूले सामाजिक सञ्जाललाई कानून बनाएर मात्रै नियमन गर्नुपर्नेमा निर्देशिकामा टेकेर काम गर्न खोज्दा…

Read More

काठमाडौँ । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ। ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, कन्यालाई सौख्यम्, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदल वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका हुन् । विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका हुन् । उनीसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुगेका जनाइएको छ । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू,…

Read More

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन, भोली आइतबार (भदौ २२) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख गरिएको छ। राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने छ । साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने छ । ०८२ सालको यो पहिलो ग्रहण हो । शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

Read More

सर्वोच्च अदालतको २० मिटर वरपर संरचना निर्माण गर्न नपाइने फैसलासँगै बागमती, विष्णुमती, मनोहरा, धोबी खोला लगायत नदी किनारका स्थानीय त्रसित भएका छन्। उपत्यकाभित्रका प्रमुख तथा सहायक नदी तथा खोलालगायत क्षेत्रमा पर्ने २० मिटरसम्मको जग्गामा कुनै पनि संरचना निर्माण गर्न नपाइने फैसलापछि घरबास रहेकाहरु भयभीत भएका हुन्। अब शसक्त आन्दोलनमा उत्रिने स्थानीयको चेतावनी सहितको भिडियाृ उपलब्ध छ ।।।

Read More

काठमाडौ- नेपाली कांग्रेसका सभापति पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधानले कुनै रोकटोक नगरेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई संविधानले नरोकेको बताएका हुन् । राजनीतिक दलमा आबद्ध हुन संविधानले नरोकेकोले उनीहरूको सक्रियता अस्वाभाविक ठान्न नहुनेमा देउवाको भनाइ छ । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी भण्डारीको सदस्यता भने नवीकरण नगर्ने निर्णय पार्टीले गरिसकेको छ । त्यस्तै, पूर्वउपराष्ट्रपति पुन भने माओवादी केन्द्रमा सक्रिय भइसकेका छन् । यसबारे उठेका प्रश्नमा देउवाले भने, ‘संविधानमा कतै रोकिएको छैन । पाइन्न भनेको पनि छैन । त्यसैले संविधानको औचित्य सकिएको भन्ने प्रश्न उठ्दैन…

Read More

काठमाडौँ । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएपछि राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यस सन्दर्भमा युट्युबको दर्ता प्रक्रिया र हालको स्थितिबारे स्पष्टता माग्दै युट्युब र गुगललाई पत्राचार गरेको छ। शुक्रबार पठाइएको इमेलमा भनिएको छ, ‘यो निर्देशनले युट्युब लगायतका प्रमुख प्लेटफर्महरूलाई असर गर्नेछ र यसको लाखौं नेपाली प्रयोगकर्ताहरूमाथि गम्भीर प्रभाव पर्नेछ।’ रास्वपाले युट्युबले नेपालमा शिक्षा, डिजिटल नवप्रवर्तन, उद्यमशीलता, पत्रकारिता र सिर्जनात्मक अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरेको छ ।  ‘सरकारी निर्देशनको पालना गर्दै नेपालमा दर्ताका लागि अहिलेसम्म के कस्ता कदम चालिएका छन् र तत्काल दर्तामा के कस्ता चुनौती वा अवरोधहरू रहेका छन्, पार्टीले युट्युब/गुगलसँग सोधेको । साथै, नेपाली प्रयोगकर्ताहरूको…

Read More