Author: SonyOtv Media

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताए । आव शनिबार काठमाडौँमा आयोजित कार्यक्रमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा कोइरालाले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताए। सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति उनले आपत्ति जनाएका छन् । मन्त्रीहरूलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने उनको भनाई छ । सांसद कोइरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको बताएका छन््। गर्न सकिँदैन भन्ने नभई हामी सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको उनको जिकिर थियो।

Read More

काठमाडौँ । आज राष्ट्र ऋण उठाउने विधेयक, २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले उत्पादन, उत्पादकत्व वृद्धि र विकास तथा समृद्धिको आकाङ्क्षा पूरा गर्न ऋण लिन आवश्यक रहेको बताएका छन्। साधारण खर्चका लागि ऋण लिने नभई पुँजीगत खर्चका लागि मात्रै लिनुपर्ने भनेर सदनबाट आएका सुझाव योग्य रहेका उनले लिए । विगतको ऋणको साँवाब्याज तिर्न बढी रकम खर्च हुने गरेको अर्थमन्त्री पौडेलले बताएका छन्। उक्त विधेयकमाथिको छलफलको क्रममा सांसद डा प्रकाशशरण महतले सार्वजनिक ऋण बढ्दै जानु…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसको तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल हुने, समझदारी र सम्झौता हुने त्यसको खाका तयार भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । प्रधानमन्त्री ओली असार १५ गते स्पेन भ्रमणमा जाँदैछन् । उताबाट फर्केपछि भारत भ्रमण तालिकाबारे छलफल हुने उनको भनाइ थियो । भारतीयसँग ओलीको सम्बन्ध चिसिँदै गएको देखिएको छ । ओलीले भारत भ्रमणमा जाने इच्छा देखाए पनि भारतबाट निम्तो भने आएको थिएन । तर पछिल्लो समय, खासगरी…

Read More

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले आइतबार आज अर्धनग्न भई प्रदर्शन गरेका छन् । आफ्नो बचत फिर्ताको माग गर्दै अर्धनग्न हुँदै पुरुषहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । यसअघि महिलाहरुले समेत माइतीघरमा अर्धनग्न भई प्रदर्शन गरेका थिए । सहकारीमा बचत गरेको रकम फिता नभएको भन्दै आक्रोशित बचकर्ताहरु प्रदर्शन गरे।

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय बत्ती जाने सरकारको आयुको सङ्केत हो भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको सङ्केतसँग तुलना गरेकी हुन् । माओवादीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सफलताको शुभकामना समेत व्यक्त गरिन् ।

Read More

काठमाण्डौ । कास्कीको पोखरा महानगरपालिका–२२ मा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बुधबार, आज दिउँसो विश्व शान्ति स्तुपाबाट पोखरा फर्किँदै गरेको ग १ ख ३८८६ नम्बरको बस सडकमा पल्टिएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जना गम्भीर अवस्थामा छन्। बसमा २६ यात्रुमा चार जना सकुशल छन् ।

Read More

काठमाण्डौ । सरकारर्ले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ अगाडि बढाएको छ । आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गरेका छन्। सांसद प्रेम सुवालले विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिएका थिए। तर बहुमतको आधारमा विरोधको सूचना अस्वीकृत भयो । मन्त्री अधिकारीले यो विधेयक वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए। मन्त्री अधिकारीले सांसद सुवालको प्रश्नको जवाफ दिँदै हाउजिङलाई जग्गा किन्न दिने अनुमति सरकारले दिएको र उनीहरूले नम्बरी जग्गा किन्न पाउने बताए । मन्त्री अधिकारीको जवाफपछि पनि सुवालले आफ्नो विरोधको सूचना फिर्ता लिएनन्। सरकारको सिफारिशमा यो विधेयक…

Read More

काठमाण्डौ । देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरूले गएको वर्ष असोजमा आएको बाढी पहिरोले क्षति पुर्‍याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गरेका छन्। सांसद सूर्यमान दोङले गएको वर्ष असोजको बाढी पहिरोबाट भएको क्षति यकिन गर्ने, राहत तथा पुनर्स्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र मर्मत–मम्भारको काममा ढिलाइ भइरहेको बताए । त्यस्तै बीपी राजमार्गमा अहिलेसम्म सहज रूपमा गाडी सञ्चालन हुन नसकेको विषय पनि उनले उठाए। सांसद लेखनाथ दाहालले गएको वर्षको बाढीबाट क्षतिग्रस्त बीपी राजमार्ग अहिले पनि १४…

Read More

काठमाडौँ । आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक “राष्ट्र सेवा शक्ति साधना नशामुक्ति शिविर”को निःशुल्क आयोजन गरिएको छ। भगवती मानव कल्याण संगठनले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी शुक्रबार र शनिबार पाशुपत क्षेत्रस्थित पार्किङ ग्राउण्डमा कार्यक्रम हुने जनाएको छ। कार्यक्रममा नशामुक्तिका लागि देश–विदेशबाट ३० हजारभन्दा अधिक व्यक्तिहरुको सहभागिता रहने संगठनका केन्द्रीय प्रवक्ता रमेशचन्द्र मिश्राले बताए। उनले शिविरमा भगवती मानव कल्याण संगठन एवं पञ्चज्योति शक्ति तिर्थ सिद्धाश्रम ट्रस्टका संस्थापक सञ्चालक शक्तिपुत्रजी महाराजको सानिध्यमा देश विदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुने दाबी गरेका छन्। दुई दिवसीय कार्यक्रममा पहिलो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन…

Read More

काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितताबारे छलफल चलाउन आलटाल गरेको भन्दै सांसदहरूले सार्वजनिक लेखा समितिका सभापतिमाथि नै प्रश्न उठाएका छन् । उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल गर्न बोलाएको आज आइतबारको बैठकमा सांसदहरूको समितिले समयमै निर्णय लिन नसेकको, भएका निर्देशनहरूलाई कार्यान्वयन गराउन नसकेको, प्रधानमन्त्री–मुख्यसचिवलाई समितिमा बोलाएर जवाफदेही बनाउन नसकेको भन्दै सभापति ऋषिकेश पोखरेलको आलोचना गरे । बैठकमा सांसद डा. अमरेशकुमार सिंहले लेखा समितिले प्रधानमन्त्री, मुख्यसचिव बोलाउन नसकेको भन्दै सभापतिको आलोचना गरे । पोखरा विमानस्थल अध्ययन उपसमितिका संयोजकसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले आयोजना स्थलमा पुगेर अध्ययन अनुसन्धान गरेको भन्दै प्रतिवेदनमाथि शङ्का नगर्न आग्रह गरे । नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले उपसमितिले…

Read More