Author: SonyOtv Media

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको २०८२,८३ को नीति तथा कार्यक्रम मार्फत निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिलाई प्रमुख प्राथमिकता दिएको छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई विश्वासमा लिने प्रयन्त गरेको देखिन्छ । वर्तमान सत्ता समीकरण बनेसँगै निजी क्षेत्रलाई प्रोत्साहन र विश्वासमा लिएर काम गर्ने योजना अनरुप अध्यादेश मार्फत व्यवसायलाई सहजीकरण गर्ने नीतिलाई नीति तथा कार्यक्रम समावेश गरिएको छ । सरकार संसद्को दुवै सदनमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा खासै नयाँ कार्यक्रमहरू ल्याएको छैन । तर पुरानै कार्यक्रमलाई निरन्तरता दिए पनि निजी क्षेत्र देखि युवा (जेन जी पुस्ता) प्रमुख प्राथमिकतामा राखेर स्टार्ट–अपका कार्यक्रम देखि…

Read More

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणसँग खर्च गर्ने रकम नभएको बताएका छन् । शुक्रवार प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले यस्तो बताएका हुन् । उनले प्राधिकरणसँग क्यास रकम नहुँदा आयोजना भुक्तानी दिन नसकिएको बताए । चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्म भएको ठेक्का पट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरुको परिमाण ११ अर्ब ६१ करोड रहेको बताएका छन्। प्राधिकरणले जुन भुक्तानी दिन अहिलेसम्म नसकिएको बताए । उनले हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकम मध्ये डलर, मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको बताए । उनले २…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्ति गर्न तयारी अवस्थामा रहन अपिल गरेका छन् । १३६ औँ मे दिवसको अवसरमा बिहीबार आज काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिका लागि तयारीसाथ बस्न नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् । अबको आन्दोलन शान्तिपूर्ण हुने तर राज्यले दमन गरे दुनियाका कुनै शक्तिले रोक्न नसक्ने प्रचण्डको जिकिर थियो । उनले जनताका तागतका साथ एकजुट भएर लागेमा आफूले भनेजस्तै संविधान संशोधन गर्न सकिने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुप नै अहिलेको आवश्यकता भएको प्रचण्डले जोड दिए । कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर, श्रमिक र कृषकका हितमा जनयुद्ध भएको भन्दै…

Read More

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले शिक्षक आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको निःशुल्क रूपमा उपचार गर्ने बताएका हुन् । शिक्षक आन्दोलनको क्रममा आज २६ औँ दिनमा प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा ६३ जना शिक्षक तथा कर्मचारीहरू घाइते भएका छन् । घाइतेहरूमध्ये केहीलाई गम्भीर चोट लागेको छ ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार आज भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो । पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सन्चालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको छ । बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत…

Read More

काठमाडौं। नेपाल कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समितिले कोदोको रक्सी संरक्षणको लागि राज्यले तत्काल नीति निर्माण गर्नुपर्ने र तत्कालका लागि कोदोबाट बनेको रक्सीलाई नोक्सान नगर्न अनुरोध गरेको छ । समितिले कोदोको रक्सी निर्यात तथा बजार व्यवस्थापनको सुनिश्चितता गर्नुपर्ने, रक्सी उत्पादन तथा गुणस्तर मापनका लागि वैज्ञानिक विधि अपनाउनेलगायत विभिन्न माग अघि सारेको छ । आज, बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले आउँदो आर्थिक वर्षबाट नै कानून बनाई कार्यान्वयन गरिनुपर्ने माग राखेको छ । हाल कोदो र मर्चाको प्रयोग गरी परम्परागत तरिकाबाट बनाईएको रक्सीको बिक्रि वितरणमा रोक नलगाउन समेत समिलिते अपिल गरेका छ । बरु, अन्य अखाद्य बस्तुहरुको मिसावटबाट बनेका रक्सीहरुलाई…

Read More

काठमाडौं। वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले गत चैत १५ गतेको तीनकुनेको हिंसात्मक घटनाको सत्यतथ्य छानविनका लागि निष्पक्ष आयोग बनाइनुपर्ने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले उक्त घटनाको सत्यतथ्य सरकार र सरकारका अधिकारीहरुबाट हुन नसक्ने भन्दै छानविन आयोगको माग गरेका हुन् । वरिष्ठ अधिवक्ता भण्डारीले मानव अधिकार आयोगका अध्यक्ष एवं पूर्व न्यायाधीश तपबहादुर मगर निष्पक्ष मान्छे रहेको दाबी गर्दै उनकै संयोजकत्वमा तीनकुनेको हिंसात्मक घटनाको सत्यतथ्य छानविन हुँदा सत्यतथ्य आउनसक्ने बताए । वरिष्ठ अधिवक्ता भण्डारीले उक्त घटना सरकार आफैंले नियोजित रुपमा घटाएको हुनसक्ने आशंका व्यक्त गरे । छानविन आयोग बनेर सत्यतथ्य बाहिर नआएसम्म भाटभटेनी लुट्ने, आगो लगाउनेजस्ता…

Read More

काठमाडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा बुधबार पनि प्रदर्शन जारी रहेको छ । आज स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी नै परेको थियो । नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उनको स्थानमा नियुक्त गरिएका हितेन्द्रदेव शाक्यले मंगलबार पदभार ग्रहण गरिसकेका छन् ।

Read More

काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय अध्यक्षमा विकाश थापाले उम्मेदवारी घोषणा गरेका छन् । आज बिहीबार रिपोर्टर्स क्लब नेपालको एक कार्यक्रममा पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी घोषणा र प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । थापा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको संस्थापक सदस्य हुन् । उनी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसको पूर्व महासमिति सदस्यसमेत हुन् । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन चैत्र ८ र ९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यतालिका रहेको छ । अध्यक्ष पदका उम्मेदवार थापाले अपाङ्गता भएका नागरिकहरूको समान हक, अधिकार,…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले त्यतिबेला ज्ञानेन्द्रले मुर्खतामार्फत आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका हुन् । सम्बन्धित भिडियो तल लिंक दिईएको छ ।

Read More