Author: SonyOtv Media

काठमाण्डौ । आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदै। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ । शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ । केही वर्षदेखि रङ्गको पर्व…

Read More

काठमाडौं। यातायात क्षेत्रका लागनीकर्ता तथा व्यवसायीहरुले सवारी दुर्घटना विमाको क्षतिपूर्ति वापतको रकम समयमै भुक्तानी नभएको भन्दै आपत्ति जनाएका छन् । आज, शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मन्त्रालय, विभाग, संघीय सरकार, र प्रदेश सरकारका सबै काम कारर्बाही अत्यन्तै कष्टकर भएको र विमावापतको भुक्तानी समयमै नपाएको बताएका हुन् । नेपाल राष्ट्रिय यातायात सेवा प्रा।लिका अध्यक्ष, यातायात महासंघको संस्थापक एवं महासचिव होमप्रसाद अधिकारीले ५,६ महिना वित्दा पनि यातायात क्षेत्रका सामान्य कामसमेत सरकारी निकायबाट नहुने अवस्था रहेको बताए । प्रजातन्त्रिक सरकारले जनताको हितमा राम्रो काम गरोस् भन्ने आफूहरुको अपेक्षा रहेको उनले बताए । काममा ढिला सुस्ती र भ्रस्टाचारमा व्यापक वृद्धि हुदाँ…

Read More

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने बताएका छन्। शुक्रबार सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले डिजिटल शिक्षा आजको आवश्यकता भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आजको युग कृत्तिम बौद्धिकतायुक्त प्रविधि र सिर्जनशीलताको युग भएको उल्लेख गरे । उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अर्बौं पुँजी विदेश पलायन हुनु अहिले मुख्य चिन्ताको विषय रहेको उनको भनाइ छ । आज शुक्रबार प्रधानमन्त्री ओली सुर्खेत पुग्दा विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्मको सडक खाली गराइएको थियो । केहीबेर गाडी रोकिएकोमा स्थानीयबासिन्दाले विरोध समेत गरेका थिए।

Read More

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयको केही लक्ष्य निर्धारणका क्रममा आफू हौसिएको हाल आएर महसुस भएको बताए। प्रतिनिधिसभाको शून्य तथा विशेष समयमा सांसदहरूले सोधेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै मन्त्री दाहालले लाइसेन्स छपाई र ग्वार्को फ्लाइओभरको विषयमा आफू सुरुमा हौसिएको बताएका हुन् । यो अवधिसम्म आफूले ९ लाख लाइसेन्स छपाई गर्ने लक्ष्य लिए पनि १ लाख ६९ हजार मात्रै छाप्न सकिएको भन्दै यसमा लिइएको लक्ष्य क्षमताभन्दा धेरै भएको उनको स्वीकार छ । त्यस्तै ग्वार्को फ्लाइओभरमा पनि पुससम्म काम सक्ने लक्ष्य लिइएकोमा यो सम्पन्न हुन नसकेको उनले बताए । उनले कार्यसम्पादन सम्झौतामा फेल भएको विषय भने प्रतिवाद गरे…

Read More

काठमाण्डौ । सरकारले संसद्को अधिवेशन नचलेका बेला ल्याएका ६ मध्ये ५ वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन गर्ने दलसमेत विपक्षमा उभिएपछि सरकारले अरू ५ वटा अध्यादेशमात्रै अघि बढाएको हो । प्रतिनिधिसभाले स्वीकृत गरेका ५ वटै अध्यादेशलाई भोलि राष्ट्रियसभामा अघि बढाउने सरकारको तयारी छ । सरकारले ल्याएका .सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश…

Read More

काठमाडौं । स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएका छ । बिहीबार, आज काठमाडौंको जमलस्थित प्राधिकरणको कार्यालय अगाडि स्मार्ट टेलिकमको सम्पत्ति सरकारले लाइसेन्स खारेजी गरेपनि घरभाडा, बिजुली, कर्मचारी र रिचार्जकार्ड बिक्रेताहरुको भुक्तानी नगरेको भन्दै धर्ना दिएको हुन् । धर्नामा सहभागिले नेपाल सरकार, स्मार्ट टेलिकमको सम्पत्ति लिने अनि जनताको घरभाडा नदिने, विद्युतको महशुल नतिर्ने,न्याय दे सरकार, जनताको घरभाडा विद्युत महशुल तुरुन्त भुक्तानि गर,स्मार्ट टेलिकम कर्मचारीको तलब भत्ता पाऊ लगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए । स्मार्ट टेलिकमले करिव २८ अर्ब रुपैयाँ बक्यौता नबुझाएको र आफ्नो लाइसेन्ससमेत भनेको समयमा नवीकरण नगरेपछि दूरसंचार ऐनको व्यवस्था बमोजिम…

Read More

काठमाण्डौ । आज बुधबार महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव मन्दिर, तनहुँको शुक्लेश्वर महादेव मन्दिर, जनकपुरधामको बाबा भूतनाथ महादेव मन्दिरलगायतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो रहेको छ ।

Read More

काठ्माडौ। भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका नेपालका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरुप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहरवती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताएका छन्। सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर…

Read More

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरूलाई सशक्त बनाएर नै देशलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताए । लोकतन्त्रको खुला मैदानमा नै नागरिकको जीवनमा प्रगति भएको जनाउँदै उनले बढ्दो जनआकाङ्क्षा र चुनौतीबीच राज्यको संस्थागत र सामर्थ्यबीच…

Read More

भारतमा अध्ययन गर्न गएका छैनन् कोहि सुरक्षित,के हाम्रो सरकारको कमजोरी हो? सांसदहरुद्धारा सरकारलाई प्रश्न।संसदमा प्रकृति लम्सालको न्यायको मागभारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको न्यायको आन्दोलन । उक्त क्रममा विद्यार्थीहरूले ‘प्रकृतिलाई न्याय दे’, ‘जस्टिस फर प्रकृति’, ‘निष्पक्ष छानबिन गर’ लगायत नारासहित प्लेकार्ड बोकेका थिए ।

Read More