Author: SonyOtv Media

काठमाडौँ । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीबिचको छलफल सकारात्मक रहेको छ । सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको हो । मंगलबार पुनः बैठक बस्ने सहमति भएको आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए । सरकारले ताप्लेजुङको पाथीभरा ९मुक्कुम्लुङ० क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि…

Read More

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले काठमाडौंमा पनि प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा सोमबार विभिन्न प्लेकार्डसहित केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो । गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेको थियो । त्यसयता केबलकारविरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् । सम्बन्धित भिडियो तल लिंक थिच्नुहोस् ।

Read More

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन) लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताईन् ।आज आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । सांसद सापकोटाले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग गरिन् । उनले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने बताइन् । उनले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताइन् । सांसद सापकोटाले दुई दलले मात्रै संविधान संशोधन हुन नसकेपनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताइन् ।

Read More

काठमाण्डौ । बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न शुरू भएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले ४ वटा ठाउँमा क्यामेरा जडान गरेर खोजी शुरू गरेको राप्ती सोनारी सब डिभिजन वन कार्यालय, शमशेरगञ्जका प्रमुख मनोज शर्माले जानकारी दिएका हुन् । भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि ४ वटा ठाउँमा क्यामेरा जडान भएको उनले बताए । बाघ र चितुवाजस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको प्रमुख शर्माको भनाइ छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको भगवती सामुदायिक वनमा बाघको आक्रमणमा परी राप्ती सोनारी–८ की ६७ वर्षीया…

Read More

काठमाण्डौ । वैदेशिक रोजगारीमा क्यानडा र जापान पठाइदिने भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पर्साको पर्सागढी नगरपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–३२ बस्नै ३९ वर्षका शारदा कार्की र गुल्मीको सत्यवती गाउँपालिका–१ घर भई काठमाण्डौ महानगरपालिका–८ बस्ने ३० वर्षका रविन श्रेष्ठ रहेका छन् । शारदाले क्यानडा पठाइदिने भन्दै ५ जनाबाट ६ लाख ८५ हजार ५ सय र रविनले जापान पठाइदिने भन्दै १ जनाबाट २० लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि…

Read More

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानून कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिए । उनले असल मनसायका साथ आफ्नो पेशा, व्यापार, व्यवसाय गर्ने सबैमा विचलित नभई आफ्नो व्यावसायिक एवम् पेशागत जीवन निर्धक्क भई काम गर्न आग्रह गरेका छन् । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले यस वर्षदेखि प्रत्येक माघ १४ गते सम्पत्ति शुद्धीकरण…

Read More

बुटवल। रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश प्रह्लाद कुमार योगीको इजालसमा लिइएको बयान सकिएको हो । सो मुद्दा बिहान अदालतले गरेको गोलाप्रर्थामा ५ नम्बर इजलासमा परेको थियो । जिल्ला अदालत रुपन्देही सूचना अधिकार अनन्त मरासिनीले बयान सकिएको बताएका छन् । उनले थुनछेक बहस भोलि हुने समेत जानकारी दिएका छन्। जिल्ला अदालत रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दामा परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारी पीडितले दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन् ।

Read More

काठमाण्डौ । सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । सोमबार आज बसेको मन्त्रिपरिषद् बैठकले १८ गते शुक्रवार संसद्को बैठक आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो । संसद् अधिवेशन बोलाउने विषयमा सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।

Read More

काठमाण्डौ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध परेको रिट खारेजीको फैसला सुनाएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले आज रिट खारेज गर्ने फैसला सुनाएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन्। सर्वोच्चले रिट नै खारेज गरेकाले अब सरकारलाई यसबारेमा भएका निर्णय कार्यान्वयन गर्न कुनै बाधा नहुने उनले बताए । तर राष्ट्रिय परिचयपत्रका बारेमा सर्वोच्चले केही निर्देशनात्मक आदेश दिएको छ, यी आदेश भोलि सार्वजनिक हुने पनि प्रवक्ता कुइँकेलले उल्लेख गरे । यसअघि गएको जेठ ३१ गते सरकारले पहिलो चरणमा २८ वटा जिल्लामा साउन १ गतेदेखि लागू हुनेगरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न…

Read More

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय कास्कीले संसद सचिवालयमा पत्र लेखी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएकोबारे जानकारी गराएको छ । पत्रमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धीसमेत मुद्दाको पूरक अभियोग पत्र दर्ता भएको उल्लेख छ । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ । ‘प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी,…

Read More