Author: SonyOtv Media

काठमाण्डौ । असोज शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रको पहिलो दिन असोज १७ गते…

Read More

काठमाडौ । जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका गाडीलाई जिल्ला प्रशासन कार्यालय धादिङले जरीमाना गरेको छ । यात्रु बोक्ने अनुमति नभएको गाडीले छतमा खचाखच यात्रु बोक्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जीपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जीपलाई बीच बाटोमै रोकेर २० हजार रुपैयाँसम्म जरीमाना गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती गाडीलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै…

Read More

काठमाण्डौ । नव मिथिला फाउण्डेसनको आयोजनामा जनकपुरधाममा झिझिया महोत्सव सुरु हुने भएको छ । बडादशैँको अवसर पारेर भोलि बुधबार झिझिया महोत्सवको हुन लागेको हो । मिथिलाको लोक संस्कृति, लोक गायन तथा धार्मिक परम्परालाई बचाउने उद्देश्यले झिझिया महोत्सवको आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अमित साहले जानकारी दिएका छन् । उनकाअनुसार पाँच सय जनाले टाउकोमा झिझियाको घैँटो राखेर झिझियाको गीतमा नाच्ने तयारी छ । महोत्सवमा झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चासमेत गरिनेछ ।

Read More

काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार ५६ दशमलव शून्य नौ अङ्कले बढेर दुई हजार ६ सय ५३ दशमलव ५८ विन्दुमा पुगेको छ । सोमबार, आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सोमबार न्यादी हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै मध्य भोटेकोशी जलविद्युत्, इस्टर्न हाइड्रोपावर र गुडविल फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । सोमबार तीन सय…

Read More

काठमाडौं । श्रीमतीको हत्या गरी फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ६० वर्षीय जीतबहादुर भन्ने काले तामाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो । उनले १९ वैशाख २०८१ मा दक्षिणकाी नगरपालिका–६ मा आफ्नी श्रीमती डोल्मा शेर्पाको हत्या गरेको आरोप छ । शेर्पा आफ्नै कोठामा मृत भेटिएकी थिइन् । उनले कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोप छ । श्रीमतीको हत्यापछि उनी फरार हुँदै आएका थिए ।

Read More

काठमाण्डौ । यस वर्षको असोज १५ गतेदेखि पुस १६ गते सम्मको तीन महिनामा पाँच वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम पानी पर्ने र देशका बाँकी भूभागमा सरदर पानी पर्ने सम्भावना रहेको छ । अधिकतम तापक्रम देशका धेरैजसो भूभागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।

Read More

काठमाण्डौ । सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाण्डौबाट भोजपुरका लागि छुटेको बाग्मती प्रदेश ०१ ००६ ख ६७८५ नम्बरको बस मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी–५ महेन्द्रझाडीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप विवरण आइसकेको छैन ।

Read More

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबका चुनावमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् । पार्टीको दोलखा–काठमाण्डौ सम्पर्क समन्वय समितिले गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको भन्दै अब एक्लै चुनाव लड्ने बताएका हुन् । उनले अब देशव्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको शुरुआत आउँदो मङ्सिरमा हुने उपचुनावबाट गर्ने बताए । अध्यक्ष प्रचण्डले वर्तमान सरकार नागरिकको सेवाका लागि नबनेको भन्दै सरकारप्रति नागरिकले आशा गर्ने ठाउँ नरहेको जिकिर गरे ।

Read More

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज २ करोड रुपैयाँको चेक हस्तान्तरण गरे । बाढी, पहिरो र डुबानका कारण प्रभावित नागरिकको राहतका लागि बैंकले यो सहयोग गरेको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरेका छन् । उनले कसैको अनुहार नहेरी प्रणाली र कानूनअनुसार काम गर्न पनि आग्रह गरे । यसअघि शुक्रवार विभिन्न वित्तीय संस्थाबाट गरी ३ करोड…

Read More

काठमाण्डौ । सरकारले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय गरेको छ । खानेपानी, विद्युतलगायतका सेवा नियमित गर्नको लागि सम्बन्धित मन्त्रालयले समन्वय गरेर तत्कालै काम थाल्ने सरकारले निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिएका छन् । यस्तै बैठकले अहिले चलिरहेका परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ । विद्यालय…

Read More