Author: SonyOtv Media

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै पौने दुई अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा अहिलेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ रकम जम्मा भएको हो । उद्धार कोषमा असोज २३ गतेसम्म एक अर्ब ७३ करोड छ लाख ३२ हजार दुर्य सय ९० रुपैयाँ जम्मा भएको थियो । असोज २३ यता स्वर्ग पवित्रा सत्य सुन्दर समाजले तीन लाख, (एसआइएमओएन) ले एक लाख ९३ हजार एक सय १, विद्युत् उत्पादन कम्पनीले पाँच लाख ९६ हजार सात सय ४५, साल्टट्रेडिङ्ग कर्पोरेसनले ६० लाख, (एनआरएनए) ले ५१ लाख, नेशनल इन्सुरेन्स कम्पनी दश…

Read More

काठमाण्डौ ।शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो ३१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ४२ दशमलव ८८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज विजय लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स…

Read More

काठमाडौ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले देशको खर्च घटाउने भन्दै मन्त्रीसहित २ सय २५ भन्दा धेरै राजनीतिक नियुक्तिलाई बर्खास्त गरेक छन्। सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न सङ्घर्षरत रहेको बेला राष्ट्रपति मोहम्मदले गएको वर्ष सत्तामा आएपछि नियुक्त गरेका व्यक्तिलाई हटाउने आदेश दिएका हुन् । राजनीतिक नियुक्तिहरूको कटौतीले राष्ट्रपतिको सरकारी कार्यप्रणालीलाई सुव्यवस्थित गर्ने र सार्वजनिक कोषको अझ प्रभावकारी प्रयोग सुनिश्चित गर्ने व्यापक प्रयासहरूसँग मेल खाने राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ । बर्खास्त भएकामा सात राज्यमन्त्री, ४३ उपमन्त्री र एक सय ७८ जना निर्देशकहरू रहेका छन् । झण्डै पाँच लाख जनसङ्ख्या भएको सानो देशमा काम नै…

Read More

काठमाडौं । लोकसेवा आयोगद्वारा ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा खुला र बढुवाको दरखास्त खुलाएको छ । बुधबार, आज आयोगले एक सूचना विज्ञापन खुला गर्दै निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ पनि सहसचिव तथा उपसचिवसहित सो श्रेणीका कर्मचारीका लागि आवेदन मागेको छ । आयोगको नियमित तालिका अनुसार प्रकाशित सूचना हो । निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखा परीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विधिसेवाका पदमा आवदेन खुलेको छ ।

Read More

काठमाण्डौ । आज बुधबार ४४औँ विश्व खाद्य दिवस । ‘सुखी जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको आह्वानमा हरेक वर्ष अक्टोबर १६ तारिखमा यो दिवस मनाइन्छ । विश्वभर खाद्यान्न सङ्कट र भोकमरी विरुद्ध ऐक्यबद्धता जनाउँदै दिवस मनाइने गरिन्छ । नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । तर, किसानलाई कृषि गर्न प्रोत्साहन नदिनु, उनीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउनु तथा उत्पादन बढाउन पहल नहुनु जस्ता कारणले खाद्यान्नको आयात बढ्दो छ । यस्तै जलवायु परिवर्तन लगायतका कारण विश्वमा खाद्य प्रणालीसहित मानव…

Read More

काठमाण्डौ । डँडेलधुरामा रात्रिबस पल्टिँदा मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको छ । घटनास्थलमा बिहान थप एक महिलाको शव भेटिएको हो । मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डँडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चौडी नगरपालिका–१० की गोवणी महराको शव बिहान घटनास्थलबाट निकालिएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । दुर्घटनालगत्तै पुर्चौडी–३ का ४५ वर्षीय जैमती बोहरा, एक नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको शव भेटिएको थियो…

Read More

काठमाण्डौ । साफ महिला च्याम्पियनशिप फुटबलका लागि बङ्गलादेशको टोली नेपाल आइपुगेको छ । बङ्गलादेशको टोली मंगलबार, आज दिउँसो काठमाण्डौ आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । साफ महिला च्याम्पियनशिप खेल्न अइपुग्ने बङ्गलादेश तेस्रो टोली हो । हिजो, सोमबार माल्दिभ्सको टोली र आइतवार पाकिस्तानको टोली काठमाण्डौ आइपुगेको छ । भारत र श्रीलङ्काको टोली आजै र भुटानको टोली भोलि आइपुग्ने एन्फाले जनाएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह…

Read More

काठमाण्डौ । दशैँ बिदापछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार ६ सय ९९ दशमलव ६६ विन्दुमा पुगेको छ । मंगलबार उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । आज, मंगलबार जानकी फाइनान्स र मिथिला लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको बढेको छ । यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज तीन सय सात…

Read More

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको बताएका छन् । ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा मंगलबार भएको कार्यक्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । गृह मन्त्रालयले प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समेटेको उनले बताए । उनले गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभामा पेश गर्ने लक्ष्य राखेको जानकारी दिए । सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न पनि गृहमन्त्री लेखकले निर्देशन दिए ।

Read More

काठमाण्डौ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिएका छन् । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधारमा संयुक्त राष्ट्र सङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए । अहिले लेबनानमा आठ सय ७७ जना नेपाली शान्ति सैनिक छन् ।

Read More