Author: SonyOtv Media

काठमाण्डौ । इलामको चुलाचुली गाउँपालिका–१ मा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको छ । सोमबार, हिजो बेलुका गाउँ पसेका हात्ती भगाउन जाँदा हात्तीको आक्रमणमा परी राई घाइते भएका थिए । राईलाई झापाको दमकमा रहेको लाइफलाइन अस्पताल लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच हिजो नै बारामा हात्तीको आक्रमणबाट कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षका हस्तबहादुर थोकरको मृत्यु भएको छ । जङ्गलमा घाँस काट्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरीको भनाइ छ । यसैबीच सर्लाहीको बरहथवा–९ मुर्तियामा जङ्गली हात्तीले धानबाली नष्ट पारेको छ । गएराति आएको तीन वटा जङ्गली हात्तीले ३५ बिघा क्षेत्रमा लगाएको धानबाली खाएर नष्ट…

Read More

काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिनाले एमालेका कार्यकर्ता र मतदाताको अपमान भएको बताउएकी छन् । पाण्डेले व्यापारीको पैसामा भवन बनाउने कदमले पाँच लाख पार्टी सदस्य र २८ लाख जना मतदाताको अपमान भएकोले यो गलत निर्णय तत्काल सच्चाउन आग्रह पनि गरेकी छन् । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको विन्दा पाण्डेले फेसबुकमा उल्लेख गरेकी छिन् । मनमोहन अधिकारी र मदन भण्डारीहरुले उँचो बनाएको…

Read More

काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपतबाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताएका छन् । प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिने बताए । उनका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण भइरहेको बताए । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरेका…

Read More

काठमाडौं । मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो । दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द भएको थियो । आज द्वादशीको एक दिन भने केबलकार चलाइएको छ । दशैंको टीका लगाउन गएकाहरुलाई आउ–जाउ गर्न सहज होस् भनेर आज एक दिन खुला गरिएको र भोलिदेखि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रा. लि. ले जनाएको छ । मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी…

Read More

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज, सोमबार न्युजिल्यान्ड र पाकिस्तान खेल्दैछन् । समूह ‘ए’ का न्युजिल्यान्ड र पाकिस्तानको खेल नेपाली समयअनुसार राति पौने ८ बजे दुबईमा शुरु हुनेछ । न्युजिल्यान्ड पहिलो खेलमा भारतसँग ५८ रन र तेश्रो खेलमा श्रीलङ्कासँग आठ विकेटले विजयी हुँदा दोश्रो खेलमा अस्ट्रेलियासँग ६० रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई ३१ रनले हराउँदा दोश्रो खेलमा भारतसँग छ विकेट र तेश्रो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो । गएराति भएको खेलमा अस्ट्रेलियाले भारतलाई नौ विकेटले हरायो । गएरातिको हारसँगै भारतलाई सेमिफाइनलमा पुग्न आजको नतिजा निकै महत्वपूर्ण रहेको छ । किनभने समूह ‘ए’…

Read More

काठ्माडौं । तनहुँ व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गीका बिरामीको सङ्ख्या बढेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पताल दमौलीमा शय्याको अभाव भएको र अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको छ । १५ शय्या क्षमताको जिल्ला अस्पतालमा दैनिक झन्डै चार सयको हाराहारीमा ज्वरोको लक्षणसहित बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लेले जानकारी दिए । उपचारका लागि आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा अहिलेसम्म दुई सय ९७ जनामा डेङ्गीको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिएका छन् । दमौली…

Read More

काठमाण्डौ । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको छ । केही हताहत भएका छन् । गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानले जबलिया क्षेत्र र त्यसको शिविरमा बमबारी गरेको जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पछिल्लो आक्रमणमा बालबालिका र महिलासहित कम्तीमा ३३ जनाको शव निकालेको र ९६ जना घाइते भएका चिकित्सा टोलीले जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गाजामा भइरहेको इजरायली आक्रमणबाट प्यालेस्टाइनीको ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेको छ ।

Read More

काठमाण्डौ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–८ को ५० किलोमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार सडक मर्मतपछि एकतर्फी खुलेको हो । सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकोमा पालिका र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाइएको उनले बताए । सडक खुलेसँगै हिजो बेलुकादेखि रोकिएको गाडी गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । यसैबीच हेटौँडा (कुलेखानी) फाखेल भएर काठमाण्डौ आउजाउ गर्दा इन्द्रसरोवर गाउँपालिका–२ र ३ को हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी…

Read More

काठमाण्डौ । काठमाण्डौको असनका बासिन्दाले आज विजयादशमीको टीका लगाउदैछन् । हरेक वर्ष असोज शुक्ल एकादशीका दिन असनका स्थानियबासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्छन् । देशका अरू सबैजसो ठाँउका हिजो नै देवी विसर्जन गरेर दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापिन्छ भने असनका बासिन्दाले आज टीका थाप्दैछन् । आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ । असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने स्थानीयले बताए ।

Read More

काठ्माडौं । घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति अर्थात् प्रतिमा आज विसर्जन गरिँदै छ । बाँकेमा सहरबजार तथा गाउँघर क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाउने गरिन्छ । ट्रक, ट्याक्टरलगायतका साधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाँचगान गर्दै मूर्ति सेलाउने गरिन्छ । मूर्ति विसर्जनलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । बाँकेमा झन्डै छ सय दुर्गा मूर्ति विसर्जन गरिने अनुमान छ ।

Read More