Author: SonyOtv Media

काठमाण्डौ । मनसुन सकिने बेलामा भएको मुसलधारे वर्षाका कारण धानबालीमा क्षति भएको छ । वर्षाका कारण धानबालीमा कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको भए पनि धानबालीमा क्षतिभने पुगेको कृषि विभागका प्रवक्ता डा. अरुण काफ्लेले बताए। छिटो रोपाइँ सकिएका तराईका कतिपय ठाउँमा धान काट्ने बेला शुरू भएको छ । झरी पर्दा पाकिसकेको धान झर्न सक्छ । केही धानबालीमा बाढी पसेको छ । बाढी पसेको ठाउँमा धान पुर्ने तथा ढाल्ने जोखिम हुन्छ । मध्यपहाडका कैयौँ ठाउँमा अहिले धानका बोटमा फूल लाग्ने बेला भएको छ । फूल लाग्ने बेला पानी पर्दा बोटबाट फूल झारिदिन्छ । जसले गर्दा धानमा फल लाग्न पाउँदैन ।…

Read More

काठमाडौं । उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका आज बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार आज बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म आज रातभर सवारी चलाउन रोक लगाइएको छ । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् । बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध…

Read More

काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाण्डौ उपत्यकामा तीन वटा टोली परिचालन गरेको छ । विभागले हिजो काठमाण्डौ महानगरपालिका–२५ न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका–२४ इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स, महानगरपालिका–२२ न्यूरोडमा रहेको कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिएका छन् । अनुगमनका क्रममा व्यक्तिगत सरसफाइमा ध्यान दिन, एकपटक प्रयोग भएको तेल बारम्बार प्रयोग नगर्न र कृत्रिम रङको प्रयोग मापदण्ड बमोजिम मात्र गर्न निर्देशन दिएको जानकारी उनले दिए । यसैगरी विभागले ललितपुरको गोदावरी नगरपालिका–११ मा रहेको प्रशंसा कलेक्सन एण्ड रिफाइन प्रशोधन केन्द्रमा पनि अनुगमन गरेको छ । यो…

Read More

काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले दुई वटा योजना र सहयोग रकमको घोषणा गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर अर्थात् दुई अर्ब ८० करोड रुपैयाँ बराबरको यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाको आज घोषणा संयुक्त घोषणा गरेका छन् । कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय विश्वव्यापी खाद्य सुरक्षा रणनीतिअन्तर्गत नेपालका लागि पनि योजना उद्घाटन गरिएको छ । यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले सङ्घीय, प्रदेश र पालिकामार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कृषि विकास कार्यक्रमहरूको योजना र कार्यान्वयनलाई जोड दिनेछ । परियोजनाले ६९ हजार वटा घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन…

Read More

काठमाण्डौ । सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल शुरू भइसकेको जानकारी दिएका छन् । मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारी आवश्यक रहेको बताए । उनले सङ्घीयता कार्यान्वयनका लागि कानून अभाव रहेको पनि बताए । सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी सङ्गठन सञ्चालनसम्बन्धी ऐन, शिक्षा ऐन निर्माण गर्न सकियो भने संविधान कार्यावन्यनमा देखिएका समस्या समाधान हुने धारणा राखेका छन् । उनले भर्खरै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रकियालाई टुङ्गो लगाउने विधेयक पास…

Read More

काठ्माडौं । सङ्खुवासभाको खाँदबारी–तुम्लिङटार कोशी राजमार्ग सडक खण्डमा दुई वटा भ्यान ठोकिँदा १२ जना घाइते भएका छन् । आज दिउँसो पौने ३ बजेतिर खाँदबारी नगरपालिका–९ को कार्की टोलमा दुई वटा भ्यान ठोकिँदा चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । घाइतेहरूको उपचार भइरहेको छ । एउटा भ्यानका चालक मकालु गाउँपालिका–५ का ४५ वर्षीय लाक्पा गुरुङलाई पक्राउ परेका छन् । अर्को भ्यानका चालक भोजपुर षडानन्द नगरपालिका–८ का रितेश श्रेष्ठ घाइते भएकोमा उपचार भइरहेको छ ।

Read More

काठमाण्डौ । इङ्ल्यान्डसँगको दोश्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया ६८ रनले विजयी भएको छ । जीतसँगै पाँच खेलको शृङ्खलामा अस्ट्रेलियाले २–० को अग्रता बनाएको छ । लिड्समा गएराति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इङ्ल्यान्डलाई दुई सय ७१ रनको लक्ष्य दिएको थियो । तर इङ्ल्यान्ड ४० ओभर २ बलमा दुई सय दुई रनमा अलआउट भयो । उसका जेमी स्मिथले सर्वाधिक ४९ रन बनाएका छन् । अस्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा ग्लेन म्याक्सवेल, आरोन हार्डी र जोस हेजलवुडले समान दुई विकेट लिए । त्यसअघि अस्ट्रेलिया ४४ ओभर चार बलमा दुई सय ७० रनमा अलआउट भएको थियो । उसका विकेटकिपर एलेक्स क्यारीले…

Read More

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अबका एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएको बताए । अखिल नेपाल ट्रेड यूनियन महासङ्घले काठमाण्डौमा गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले सत्तारुढ दलहरूले संविधान संशोधनको मुद्दा उठाइरहेको भन्दै यदि संविधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताएका हुन् । अहिले संविधानमार्फत् नागरिकले पाएको अधिकार दलाल पूँजीपति, नोकरशाह र माफियाहरुलाई नपचेको उनको आरोप छ । इमान्दारिताका साथ संविधान संशोधनको एजेण्डा उठाउन खोजे आफूहरु त्यसका लागि तयार हुने उनले बताए । अहिले बढिरहेको भ्रष्टाचार निर्वाचन प्रणालीका कारण रहेको…

Read More

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीबाट टीका र प्रसाद ग्रहण गरेका छन् । उनले इन्द्रजात्राको अन्तिम दिन गएराति वसन्तपुरमा रहेको हनुमानढोका दरबार क्षेत्र पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका हन् । प्रत्येक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका एवम् प्रसाद ग्रहण गर्ने परम्परा छ । राष्ट्रपति पौडेलले गणेश, कुमारी र भैरवको दर्शन गरे । टीका एवम् प्रसाद ग्रहणपछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले खड्ग साट्ेका छन् । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजासहितको ‘लिङ्गो’ ठड्याएपछि शुरु हुने इन्द्रजात्रा गएराति सकिएको हो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी हरेक वर्ष भाद्र शुक्ल द्वादशीका…

Read More

काठमाण्डौ । मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी शुरु भएको छ । पितृपक्ष अर्थात् (सोह्रश्राद्ध)को अष्टमी तिथिका दिन गरिने मुख्य व्रत यसपालि पर्सि मङ्गलवार परेको छ । अष्टमी तिथि टेकिएकै दिन गरिने व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमीको एक घडी कटाएर मात्र समापन गरिन्छ । मिथिलाका सबै जाति समुदायमा पर्वको चलन भएपनि थारू बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारू बस्तीमा जितियाका लागि घर रङरोगन र लिपपोत पितृपक्ष शुरु हुनासाथै गर्न थालिन्छ । जितिया पर्वको ‘ओगटन’ मा दही, चिउरा खाने चलन छ । निराहार व्रत शुरु गरिएपछि समापन नहोउञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै…

Read More