Author: SonyOtv Media

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको २६ महिनामा पार्टी सदस्य एक लाख ४० हजार पुगेको जनाएको छ । मंगलबार आज सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा बढी बागमती र सबैभन्दा कम कर्णालीमा सदस्य संख्या रहेको उल्लेख छ । रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, कोशीमा २२ हजार ८५६, मधेसमा ११ हजार ४३३, गण्डकीमा १९ हजार २०३, लुम्बिनीमा २३ हजार ३०३, सुदूरपश्चिममा १६ हजार ६७७ र कर्णालीमा ५ हजार ३८६ सदस्य छन् ।रास्वपाले यो अवधिमा संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा बनाएको कार्यबाहक महामन्त्री बुर्लाकोटीले प्रतिवेदनमा लेखेका छन् । पालिका अनुसार कोशीका…

Read More

काठमाण्डौ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् शुरू भएको छ । आज (बुधबार) प्रतिपदा तिथि श्राद्धको पिण्डदान दिउँसोपछि गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले बताएका छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमका अनुसार कुनै कारणले सोह्र श्राद्ध रोकिए शास्त्रमा अनेक विकल्प दिइएको छ । कुनै कारणले अड्किएमा आपत् धर्म र मर्मअनुसार आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता रहेको छ । यो…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपतिद्वारा इन्द्रजात्राको शुभकामना व्यक्तयस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना गर्दै जीवित देवीकुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । राष्ट्रपति पौडेलले पर्याप्त वर्षा भएर पर्याप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको शुभकामना सन्देशमा भनेका छन् । राष्ट्रपति पौडेलले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम राष्ट्रिय भेला आजदेखि शुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बिहान ९ बजेदेखि शुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य(मान्यता, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले प्रतिवेदन पेश गर्ने जनाइएको छ । भेलाले राष्ट्रिय अभियान घोषणा गर्ने र प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ ।

Read More

काठमाणडौ । सुदूरपश्चिम प्रदेश सरकारले आज सोमबार आर्थिक वर्षको बजेट ल्याउने भएको छ । दुई महिनादेखि सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यतामा छ । प्रदेशसभा बैठकको कार्यक्रमअनुसार आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यसअघि मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेशसभामा पेश गरेको बजेटसम्बन्धी विधेयक फिर्ता लिएपछि वर्तमान सरकारले तयार गरेको नयाँ बजेट टेबल गर्नेछन् । बजेट टेबल गरिसकेपछि मन्त्री थापाले चालू आर्थिक वर्षका लागि बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यसूची छ । यसअघि दीर्घबहादुर सोडारी नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट छलफलमै जान नसकेर अलपत्र परेको थियो । सोडारी नेतृत्वको सरकार ढलेपछि साउन २१ मा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकार गठन…

Read More

काठमाडौँ । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको र पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाबी गर्दै आएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको…

Read More

काठ्माडौं । पहिरोले अवरुद्ध लमजुङको डुम्रे–बेँसीशहर सडक सोमबार, आज सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ को उदिपुर, दलाललगायतका ठाउँमा अविरल वर्षाले पहिरो जाँदा हिजो आइतवार बेलुकादेखि सडक अवरुद्ध भएको थियो । पानी निरन्तर रूपमा परिरहे पनि एस्काभेटरले विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानदेखि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीशहरबाट काठमाण्डौै, तनहुँ, पोखरा जाँदै गरेका र त्यहाँबाट बेँसीशहर आउँदै गरेका अलपत्र परेका थिए ।

Read More

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दलित उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने कार्यलाई अघि बढाइएको बताए । आइतबार राष्ट्रिय सभा बैठकमा सांसद भुवनबहादुर सुनारले सो प्राधिकरणको स्थापना कहिले हुन्छ भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सो कार्यक्रमको कार्यान्वयनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयको सहकार्यमा कार्यविधि र मापदण्ड बनाउने काम भइरहेको बताएका छन् । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा मुक्त कमलरीको आर्थिक सशक्तीकरणका लागि व्यावसायिक कृषि तालिम प्रदान गर्ने तथा दलित समुदायको संविधान प्रदत्त अधिकारको प्रत्याभूति गर्न सशक्तीकरण कार्य गर्ने संरचनालाई एकीकृत गरी दलित उपेक्षित, उत्पीडितहरूको उत्थान तथा विकास…

Read More

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा नै ५ वर्षसम्म सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्न जरुरी रहेको बताए । उनले नेपालमा राष्ट्रपति एक पटक र प्रधानमन्त्री २ पटक मात्र बन्न पाउने व्यवस्थाका लागि छलफल चलाइरहेको बताएका हुन् । आइतबार कांग्रेसको केन्द्रीय–स्थानीय समन्वय विभागले हेटौंडामा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको बताएका छन् । देशमा सरकार बनाउने र ढलाउने खेल चलिरहेको र सोही अनुसारको भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनले पार्टी र सरकारको नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको औँल्याएका छन् । उनले पार्टी सभापति…

Read More

काठमाण्डौ । हिजो शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन आएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुलाईएको छ । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

Read More