Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- गृहमन्त्रीले भने,’म नैतिकताका आधारमा राजीनामा दिन्छु’
- बानेश्वरमा मृतकको संख्या १४ पुग्यो | कयौन घाइते ||
- जेन जी पुस्ताको प्रदर्शनलाइ मेयर बालेन्द्र शाहको समर्थन
- कांग्रेसद्धारा सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल गर्ने उल्लेख
- आज खग्रास चन्द्रग्रहण लाग्ने ||
- राष्ट्रपति पौडेलले गरे ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकन
- भोली आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने
- सर्वोच्चको आदेशले स्थानीय त्रसित, थप २० मिटरले स्थानीय घरवारबिहिन
Author: SonyOtv Media
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता जारी रहेको छ । उनले शनिबार साँझ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओलीले आज साइडलाइन भेटवार्ता गर्ने तयारी गरेका छन् । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । राष्ट्रसंघको महासभा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका थिए । उनी कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९ः४५ बजे न्यूयोर्क पुगेका थिए । प्रधानमन्त्री ओलीलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी…
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीदको रूपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताए । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले खुसी व्यक्त गर्ने बेला भएको उल्लेख गर्दै १५(१६ वर्ष अगाडिको सिंहदरबारमा थन्किएको विषयमा आधिकारिता र औपचारिकता दिने काम गरेको बताएका छन् । उनले उक्त निर्णय हजारौँ शहीदहरूको निम्ति र बेपत्ता योद्धाहरूलाई गरिएको उच्च सम्मान भएको जिकिर गरे । उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र बिदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक…
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार हिजो, वेबसाइटमा सार्वजनिक गरेको हो । एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ । छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ । सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई…
काठमाडौँ । जनमत पार्टीले शान्तिपूर्ण र्याली निकालेर संविधान संशोधनको माग गर्ने भएको छ ।पार्टीका अध्यक्ष डा।सिके राउतले संविधान दिवसको अवसरमा शान्तिपूर्ण रयाली निकाल्न र कोणसभा लगायतका कार्यक्रम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले नेता कार्यकर्तालाई विभिन्न कार्यक्रम गरेर संविधान संशोधनका लागि सरकारलाई दबाब दिन भनेका छन् । जनमत पार्टीले पूर्ण अधिकार सम्पन्न र स्वायत्त प्रदेश स्थापना, प्रदेशको सिमाङ्कन सच्याउन, निर्वाचन क्षेत्र भाषिक तथा जनसङ्ख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था र सामाजिक लोकतन्त्र कायम गर्नुपर्ने माग गर्दै आएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको २६ महिनामा पार्टी सदस्य एक लाख ४० हजार पुगेको जनाएको छ । मंगलबार आज सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा बढी बागमती र सबैभन्दा कम कर्णालीमा सदस्य संख्या रहेको उल्लेख छ । रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, कोशीमा २२ हजार ८५६, मधेसमा ११ हजार ४३३, गण्डकीमा १९ हजार २०३, लुम्बिनीमा २३ हजार ३०३, सुदूरपश्चिममा १६ हजार ६७७ र कर्णालीमा ५ हजार ३८६ सदस्य छन् ।रास्वपाले यो अवधिमा संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा बनाएको कार्यबाहक महामन्त्री बुर्लाकोटीले प्रतिवेदनमा लेखेका छन् । पालिका अनुसार कोशीका…
काठमाण्डौ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् शुरू भएको छ । आज (बुधबार) प्रतिपदा तिथि श्राद्धको पिण्डदान दिउँसोपछि गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले बताएका छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमका अनुसार कुनै कारणले सोह्र श्राद्ध रोकिए शास्त्रमा अनेक विकल्प दिइएको छ । कुनै कारणले अड्किएमा आपत् धर्म र मर्मअनुसार आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता रहेको छ । यो…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपतिद्वारा इन्द्रजात्राको शुभकामना व्यक्तयस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना गर्दै जीवित देवीकुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । राष्ट्रपति पौडेलले पर्याप्त वर्षा भएर पर्याप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको शुभकामना सन्देशमा भनेका छन् । राष्ट्रपति पौडेलले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम राष्ट्रिय भेला आजदेखि शुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बिहान ९ बजेदेखि शुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य(मान्यता, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले प्रतिवेदन पेश गर्ने जनाइएको छ । भेलाले राष्ट्रिय अभियान घोषणा गर्ने र प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ ।
काठमाणडौ । सुदूरपश्चिम प्रदेश सरकारले आज सोमबार आर्थिक वर्षको बजेट ल्याउने भएको छ । दुई महिनादेखि सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यतामा छ । प्रदेशसभा बैठकको कार्यक्रमअनुसार आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यसअघि मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेशसभामा पेश गरेको बजेटसम्बन्धी विधेयक फिर्ता लिएपछि वर्तमान सरकारले तयार गरेको नयाँ बजेट टेबल गर्नेछन् । बजेट टेबल गरिसकेपछि मन्त्री थापाले चालू आर्थिक वर्षका लागि बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यसूची छ । यसअघि दीर्घबहादुर सोडारी नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट छलफलमै जान नसकेर अलपत्र परेको थियो । सोडारी नेतृत्वको सरकार ढलेपछि साउन २१ मा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकार गठन…
काठमाडौँ । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको र पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाबी गर्दै आएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको…
Quick Link
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.