Author: SonyOtv Media

काठमाण्डौ । गोरखाको गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ र अर्का एक सैनिक घाइते भएका छन् । हिजो बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका इलाम घर भई गोरखामा कार्यरत २६ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ । सुरेन्द्र र जनम नेपाली सेनाको रिपूमर्दन गण गोरखामा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । ग १ क ५६५४ नम्बरको टिपर र…

Read More

काठमाडौँ । आज भाद्र शुक्ल द्वादशी, आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ…

Read More

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको देशलाई अझै पनि बन्न नदिने प्रयास भइरहेको बताएका छन् । एमालेले काठमाण्डौको बूढानीलकण्ठमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले देशलाई शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने यात्रामा कटिबद्ध भएर लागिरहेको दाबी गरे । प्रधानमन्त्री ओलीले परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागिरहेका आरोप पनि लगाए । उनले परिवर्तन विरोधी शक्तिको प्रयासलाई विफल बनाउन केन्द्र, प्रदेश र पालिका सरकारले काम गर्नुपर्ने बेला रहेको बताएका छन् ।

Read More

काठ्माडौं । चितवनका दुग्ध उत्पादक किसानले ७४ करोड रुपैयाँभन्दा धेरै भुक्तानी पाएका छैनन् । गत फागुनदेखिको भुक्तानी बाँकी रहेको किसानहरुको गुनासो रहेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेकाअनुसार दुग्ध विकास संस्थानको मात्रै ३३ करोड रुपैयाँभन्दा धेरै भुक्तानी रोकिएको छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो । भुक्तानी माग गर्दै सङ्घले विभिन्न निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदासमेत भुक्तानी नपाएको बगाले बताएका छन् ।

Read More

काठ्माडौं । बझाङमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाइनमा समस्या आएपछि बझाङको विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको हो । विद्युत अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक जनजीवनका साथै व्यापार व्यवसाय र सरकारी कामकाजसमेत प्रभावित भएको छ । विद्युत् नहुँदा मोबाइलसमेत चार्ज गर्न नपाएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । बुधवार जयपृथ्वी नगरपालिकाको तमैलनजिक आएको पहिरोले पोलमा क्षति पुर्‍याएपछि विद्युत् सेवा अवरुद्ध भएको थियो ।

Read More

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गरिएको छ । १०औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा बन्दै गरेको रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले बताएका छन् । १० हजार दर्शक बस्ने क्षमताको रङ्गशाला रहेको बताइएको छ । ‘पहिलो पल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाल निर्माण हुँदैछ । कर्णाली प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्री सबैको सहमति…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वातावरण विनास र जलवायु परिवर्तनका कारण मानवीय सङ्कट निम्तिएको बताउँदै भोलिको पुस्ताका लागि जोगाइ राख्नेगरी वातावरण संरक्षणमा लाग्न आग्रह गरेकी छन् । उनले जलवायु परिवर्तनको असर नेपाल र नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशहरुमा समेत अकल्पनीय रुपमा देखा परिरहेकोतर्फ सचेत हुँदै भावी पुस्तालाई सम्झेर वातावरण संरक्षणमा लाग्नुपर्ने बताएकी हुन् । ललितपुरमा आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण द्रुत रुपमा हिमाल पग्लिरहेका र यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारेको धारणा राखेकी हुन् । जलवायु परिवर्तनबाट नेपाल र नेपालजस्ता हिमालय…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । नेपाल उद्योग परिसंघले काठमाडौँमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताएका हुन्। नेपालमा ठुलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रूपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आफूहरूले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताएका छन् । देशभित्र र बाहिरको लगानी ल्याउन सहयोग हुने गरी लगानी सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै उनले उक्त सम्मेलनमा देशभित्र र बाहिरबाट महत्त्वपूर्ण प्रतिनिधित्व रहेको बताएका छन् । आफू हाल सरकारमा…

Read More

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो २०८१ को उद्घाटन कार्यक्रममा बोल्दै उनले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताएका हुन् । लगानी दशकका लागि बैँक तथा वित्तीय संस्थामार्फत कृषिको विशेष उत्पादनहरूमा लगानी सहजीकरण गर्ने मन्त्री अधिकारीले बताएका छन् । निजी क्षेत्रको सहभागिता विना लगानी दशकले सार्थकता पाउन गाह्रो रहेको बताएका छन् । मन्त्री अधिकारीले नेपालमा उत्पादित कृषि उपजले सहज रूपमा बजार नपाइरहेको अवस्थामा एक्स्पो वा महोत्सवका माध्यमबाट स्वदेशी उत्पादनको खपतमा सहज हुने…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भूपू सैनिक विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु प्रमुख रहेको विभागमा १० जनालाई मनोनीत गरेका हुन् । मनोनीत भएका सदस्यहरुमा गर्जबहादुर गुरूङ, हेमलाल लिम्बु, तुलबहादुर गुरुङ, जोवानसिंह ठकुरी, भिम चन्द, भावना घर्ती मगर, गुणबहादुर कार्की, लिला मास्के राना, गोपाल तामाङ र सुनिता लामिछाने रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Read More