Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- गृहमन्त्रीले भने,’म नैतिकताका आधारमा राजीनामा दिन्छु’
- बानेश्वरमा मृतकको संख्या १४ पुग्यो | कयौन घाइते ||
- जेन जी पुस्ताको प्रदर्शनलाइ मेयर बालेन्द्र शाहको समर्थन
- कांग्रेसद्धारा सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल गर्ने उल्लेख
- आज खग्रास चन्द्रग्रहण लाग्ने ||
- राष्ट्रपति पौडेलले गरे ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकन
- भोली आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने
- सर्वोच्चको आदेशले स्थानीय त्रसित, थप २० मिटरले स्थानीय घरवारबिहिन
Author: SonyOtv Media
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वातावरण विनास र जलवायु परिवर्तनका कारण मानवीय सङ्कट निम्तिएको बताउँदै भोलिको पुस्ताका लागि जोगाइ राख्नेगरी वातावरण संरक्षणमा लाग्न आग्रह गरेकी छन् । उनले जलवायु परिवर्तनको असर नेपाल र नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशहरुमा समेत अकल्पनीय रुपमा देखा परिरहेकोतर्फ सचेत हुँदै भावी पुस्तालाई सम्झेर वातावरण संरक्षणमा लाग्नुपर्ने बताएकी हुन् । ललितपुरमा आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण द्रुत रुपमा हिमाल पग्लिरहेका र यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारेको धारणा राखेकी हुन् । जलवायु परिवर्तनबाट नेपाल र नेपालजस्ता हिमालय…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । नेपाल उद्योग परिसंघले काठमाडौँमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताएका हुन्। नेपालमा ठुलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रूपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आफूहरूले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताएका छन् । देशभित्र र बाहिरको लगानी ल्याउन सहयोग हुने गरी लगानी सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै उनले उक्त सम्मेलनमा देशभित्र र बाहिरबाट महत्त्वपूर्ण प्रतिनिधित्व रहेको बताएका छन् । आफू हाल सरकारमा…
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो २०८१ को उद्घाटन कार्यक्रममा बोल्दै उनले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताएका हुन् । लगानी दशकका लागि बैँक तथा वित्तीय संस्थामार्फत कृषिको विशेष उत्पादनहरूमा लगानी सहजीकरण गर्ने मन्त्री अधिकारीले बताएका छन् । निजी क्षेत्रको सहभागिता विना लगानी दशकले सार्थकता पाउन गाह्रो रहेको बताएका छन् । मन्त्री अधिकारीले नेपालमा उत्पादित कृषि उपजले सहज रूपमा बजार नपाइरहेको अवस्थामा एक्स्पो वा महोत्सवका माध्यमबाट स्वदेशी उत्पादनको खपतमा सहज हुने…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भूपू सैनिक विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु प्रमुख रहेको विभागमा १० जनालाई मनोनीत गरेका हुन् । मनोनीत भएका सदस्यहरुमा गर्जबहादुर गुरूङ, हेमलाल लिम्बु, तुलबहादुर गुरुङ, जोवानसिंह ठकुरी, भिम चन्द, भावना घर्ती मगर, गुणबहादुर कार्की, लिला मास्के राना, गोपाल तामाङ र सुनिता लामिछाने रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
काठमाण्डौ । सुनको भाउ आज उच्च मूल्यबाट एक सय रुपैयाँले घटेको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेकामा आज एक सय रुपैयाँले घटेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
काठ्माडौं । संयुक्त राष्ट्रसङ्घले गाजामा सञ्चालन गरेको एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा १८ जनाको मृत्युु भएको छ । मध्य गाजामा रहेको अल–जाउनी विद्यालयमा बम आक्रमण हुँदा राष्ट्रसङ्घका ६ जना कर्मचारीसहित १८ जनाको मृत्युु भएको हो । घटना लगत्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्र सङ्घका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताएका छन् । गाजामा इजरायलले आक्रमण शुरु गरेयता ११ महिनामा एउटै घटनामा सबैभन्दा धेरै राष्ट्रसङ्घका कर्मचारीको मृत्युु भएको यो पहिलो घटना रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । यसैबीच, विद्रोही समूह हमासले मध्यस्थकर्ताहरूलाई अमेरिकाले प्रस्ताव गरेको, संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको…
संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्र आजदेखि औपचारिक रुपमा शुरू भएको छ । ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९औँ सत्रका लागि अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा शुरू भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन र दिगो विकासका गतिमा आएको कमीलगायत विश्वव्यापी चुनौतीसँग लड्नका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिएका बीबीसीले जनाएको छ । यसका लागि नवीनता र हरित अर्थव्यवस्थालाई प्रोत्साहन दिँदै आर्थिक विकासको लाभ हरेक देशलाई सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । फिलेमान यङ्गले शान्ति र सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको बताए । उनले गाजा क्षेत्र, हैटी, युक्रेन, अफ्रिका लगायतमा भईरहेको हिंसा अन्त्यको…
काठ्माडौं । नेपाल बीमा प्राधिकरणले गएको आर्थिक वर्षमा देशभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आर्थिक वर्ष २०७९,८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आर्थिक वर्ष २०८०,८१ मा विमाको पहुँचमा हुने जनसङ्ख्या ४३ दशमलव २७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा मात्रै एक दशमलव ११ प्रतिशतले बीमाको पहुँचको दायरा खुम्चिएको प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिएका छन्् । उनले बीमाको दायरा खुम्चिनुमा लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको सङ्कट प्रमुख कारण रहेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०,८१ मा कूल…
काठमाडौँ । श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ लगाउँदा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरिएको छ । आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिएका छन् । यस्तै, उनले कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरेका छन् । महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले बताए । ‘एक…
काठमाण्डौ । दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनिसकेको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसलमा…
Quick Link
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.