Author: SonyOtv Media

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका वन क्षेत्रमा कृषिबाली र फलफूल खेती गर्न मिल्ने निर्णय गर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका ओलीले वन क्षेत्र भएपनि रुख विरुवा नभएका जग्गामा खेती गर्न दिने व्यवस्था गर्न लागिएको बताएका छन् । यसले राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जाने र देशमा आत्मर्भिरता बढ्ने बताए । उनले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिँदै जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने…

Read More

काठमाडौ । संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन। उक्त गीतको निर्देशन नितिन चन्दले गरेका छन भने स्वर राज सागरको रहेको छ। त्यसैगरी विक्रम पोख्रेल, कविता न्यौपाने र भुवन कार्कीको अभिनय रहेको छ। अहिले उक्त गीत ःबबिष् एबलष् त्ष्mष् क्बलनबष् ्र च्बव क्बनबच्र द्यजगधबल प्बचपष् ्र द्यष्पचबm ्र प्बदष्तब टाइटलमा ग्च क्तथभि त्ख् ल्भतधयचप नामको युट्युब च्यानलमा सार्वजिक भइसकेको छ। पछिल्लो समय रिलिज भएको…

Read More

काठमाडौँ । नेकपा (एकीकृत समाजवादीं) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले विपक्षी राजनीतिक दलहरूलाई हतोत्साहित गर्नका लागि उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताए । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख सचेतक चौधरीले उपसभामुखलाई हटाउने कुरा निन्दनीय भएको बताए । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिगार्ने व्यक्तिहरू कांग्रेस र एमालेभित्रै रहेका भन्दै उनले उनीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरे । उनले सत्ता पक्षलाई सहयोग नगरेकै कारण उपसभामुखलाई हटाउन खोज्नु गलत भएको बताएका छन् । उनले उपसभामुखले गल्ती गरेको कुरा प्रमाणित नभएको पनि बताएका छन् । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले…

Read More

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले दसैँ लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम सुरु गरेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मन्त्री दाहालले दसैँको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताए । उनले नियमित रूपले बनाउने सडक पूर्वाधारसँगै वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको काम अघि बढेका उल्लेख गरेका छन् । उनले संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको जानकारी दिएका छन् । उनले संघीय…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । मनोनीत सदस्यहरूमा खुम सुवेदी, बीरबहादुर महरा, दिपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जंगबहादुर लामा रहेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको जानकारी दिएका छन् ।

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका सांसद हितबहादुर तामाङले सरकारले पुरस्कृत गर्नुपर्ने कुलमान घिसिङ जस्तो मान्छेलाई ह्यारेस्मेन्ट गरेको भन्दै आक्रोश पोखेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रमुख नेताहरूले विरोध गरेकै कारण सुदूरपश्चिमका ९‚ १० युवाहरूलाई गिरफ्तार र थुन्ने काम गरेको उल्लेख गरेका छन् । वर्तमान सरकारले एनसेल नवीकरणको नाममा अरबौको चलखेल भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद तामाङले वर्तमान गठबन्धन अपवित्र र अप्राकृतिक भएकोमा पनि आपत्ति जनाए । सरकार गलत नियत र उद्देश्यले बनेको प्रमाणित भइसकेको पनि उल्लेख गरेका छन् । सांसद तामाङले संविधान संशोधनको विरोधी नेकपा माओवादी नभएको भन्दै जनताको हितको पक्षमा परिवर्तन…

Read More

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले विश्वेश्वरप्रसाद कोइरालाको समाजवादसम्बन्धी व्याख्यालाई पुनर्व्याख्या गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यसतर्फ नेपाली कांग्रेसका नेताहरूको ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आज १११ औं जन्मजयन्ती हो । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई स्मरण गर्दै एमाले सांसद पन्तले कांग्रेसलाई यस्तो आग्रह गरेका हुन् । एमाले सांसद पन्तले नेपालका सबै राजनीतिक दलका नेता, कार्यकर्ता र विद्यार्थीहरूलाई बीपीका कृतिहरू अध्ययन गर्न समेत सुझाएका छन् । नेपालको राजनीतिक आन्दोलनको जानकारी पाउनका लागि समेत बीपीका कृतिहरू पढ्नुपर्ने उनको राय छ…

Read More

काठमाण्डौ । भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका ९तीज० को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

Read More

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रूपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । आज, बुधबार रिपोर्टर्स क्लब नेपालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताए । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाहलक्षित गर्दै उनले भने, ‘अहिले जबरजस्त रूपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौँ । लोकतन्त्रमा सबै फूलहरू फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’ नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र एउटा दलको विकल्प…

Read More

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेपालमा परिवर्तन भए पनि क्रान्ति भने सफल हुन नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । माओवादीले गर्न खोजेको परिवर्तन पनि २०६४ सालपछि तुहिएको उनको टिप्पणी गरेका छ । ‘माओवादीले २०६४ मा परिवर्तन होला कि जस्तो गरेको थियो । तर, त्यो तुहियो । गर्भ तुहिएपछि के गर्नुपर्छ? त्यो तुहिएको त काम लाग्दैन उनले भनेका छन् । नेता बिडारीले नेपालमा फेरि नयाँ विद्रोहको आवश्यकता औँल्याए । अहिले विद्रोहका कुरा गर्दा आलोचना सहन पर्ने अवस्था भए पनि…

Read More