Author: SonyOtv Media

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले विश्वेश्वरप्रसाद कोइरालाको समाजवादसम्बन्धी व्याख्यालाई पुनर्व्याख्या गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यसतर्फ नेपाली कांग्रेसका नेताहरूको ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आज १११ औं जन्मजयन्ती हो । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई स्मरण गर्दै एमाले सांसद पन्तले कांग्रेसलाई यस्तो आग्रह गरेका हुन् । एमाले सांसद पन्तले नेपालका सबै राजनीतिक दलका नेता, कार्यकर्ता र विद्यार्थीहरूलाई बीपीका कृतिहरू अध्ययन गर्न समेत सुझाएका छन् । नेपालको राजनीतिक आन्दोलनको जानकारी पाउनका लागि समेत बीपीका कृतिहरू पढ्नुपर्ने उनको राय छ…

Read More

काठमाण्डौ । भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका ९तीज० को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

Read More

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रूपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । आज, बुधबार रिपोर्टर्स क्लब नेपालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताए । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाहलक्षित गर्दै उनले भने, ‘अहिले जबरजस्त रूपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौँ । लोकतन्त्रमा सबै फूलहरू फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’ नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र एउटा दलको विकल्प…

Read More

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेपालमा परिवर्तन भए पनि क्रान्ति भने सफल हुन नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । माओवादीले गर्न खोजेको परिवर्तन पनि २०६४ सालपछि तुहिएको उनको टिप्पणी गरेका छ । ‘माओवादीले २०६४ मा परिवर्तन होला कि जस्तो गरेको थियो । तर, त्यो तुहियो । गर्भ तुहिएपछि के गर्नुपर्छ? त्यो तुहिएको त काम लाग्दैन उनले भनेका छन् । नेता बिडारीले नेपालमा फेरि नयाँ विद्रोहको आवश्यकता औँल्याए । अहिले विद्रोहका कुरा गर्दा आलोचना सहन पर्ने अवस्था भए पनि…

Read More

काठमाडौँ । नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले युवाहरूको चरित्रहत्या गरेको आरोप लगाए । आज बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४६ र ०६२, ०६३ को आन्दोलनमा ‘वीरे चोर देश छोड्’ र ‘ज्ञाने चोर देश छोड्’ भनेर नारा लगाउन सिकाउने ओली, देउवाले तिनै युवाहरूलाई फटाहा, बदमास र गुण्डा भनेर अपमान गरेको उनले बताएका छन् । ‘डेमोक्रेसीमा बोल्न पाइन्छ, प्रधानमन्त्रीको विरोधमा पनि बोल्न पाइन्छ । आज तिनै युवाहरूले हुटिङ गर्दा पक्राउ गर्ने, समाउने, डण्डा चलाउने, यो हो डेमोक्रेसी ’ उनले प्रश्न गरे, ‘देउवा र ओलीले बरु युवाहरूको चरित्र…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले एनसेललाई किस्ताबन्दीमा किन कर तिर्ने मौका दिएको भन्दै प्रश्न गरेका छन् । उनले दुई ठुला दल मिलेर बनेको सरकारले गर्छु भनेको राम्रो काम भनेको एनसेललाई कर सुविधा दिनु पो रहेको भन्दै व्यङ्ग गरे । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारले एनसेललाई दुहुनो गाई बनाएको बताएका छन् । उनले अहिले रुस–युक्रेन युद्धमा ४० नेपालीको ज्यान गएको र विपिन जोशी लगायतको अत्तोपत्तो नभएको भन्दै भने‚‘गल्फमा मात्र हजारौँ युवा जेलमा छन् कयौँ मृत्युदण्ड कुरेर बसेका छन् । चाडबाडमा महँगी चरम बढेको छ । सरकारको यस्तो विषयमा कुनै ध्यान नभएको…

Read More

काठमाडौं । चितवनमा डेङ्गी सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा अस्ति शनिवार राति मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार ती बिरामी ज्वरो आएर शुक्रवार मेडिकल कलेजमा भर्ना भएका थिए । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा सात सय जनाभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । देशभर अहिलेसम्म ६ हजारभन्दा धेरैमा डेङ्गीको सङक्रमण पुष्टि भइसकेको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल अध्ययन भ्रमणमा रहेको सो टोलीले भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिएका छन् । उनले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको दक्षिण एसियाली क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु संस्कृति र सभ्यताविपरीतका विषय हुने बताएका छन् । भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत सहभागी रहेका थिए ।

Read More

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो । विधेयक पारित हुनु अगाडि राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विधेयक कानुनमा रुपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया शुरु हुने बताए । राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले तत्कालीन माओवादीले संचालन…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुमाथि हुने निर्दयी व्यवहार रोक्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । पशुप्राणीलाई क्षमताभन्दा बढी भारी बोकाउने, अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रूरतापूर्वक वध गर्ने जस्ता कार्यलाई मुलुकी अपराध संहिता ऐन २०७४ ले बन्देज लगाएको उनले बताए । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद नागिना यादवले पशुहिंसा रोक्न के कस्तो पहल भइरहेको छ भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०७६ बमोजिम पशु ढुवानी मापदण्ड (२०६४ र पशु कल्याण निर्देशिका (२०७३ जारी भई कार्यान्वनमा आएको बताए । पशुप्राणीमाथि हुने कुनैपनि हिंसा बिरुद्ध कडा भन्दा कडा कानुन बनाउनुपर्ने सरोकारवालाले आवाज उठाइरहेका…

Read More