Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आज जुन २६ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस
- रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा
- बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन
- फुकिएको बेलुनको संज्ञाः सांसद डा.सिंह
- प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल पुनगर्ठन, गृहमन्त्रीमा गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन नियुक्त
- गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह
- गृहमन्त्रीले भने,’म नैतिकताका आधारमा राजीनामा दिन्छु’
- बानेश्वरमा मृतकको संख्या १४ पुग्यो | कयौन घाइते ||
Author: SonyOtv Media
काठ्माडौं । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ र ३ को गर्खा नजिकै रहेको गौरी सल्लामा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार भएको छ । सिम्रिक एअरको हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार गरिएको चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए । चङ्खेली–२ का सुरेन्द्रबहादुर शाही र तिलबहादुर शाही, मुगुको रारा छायाँनाथ नगरपालिकाका रमेश मल्ल र पृथ्वी रावललाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको उनले बताए । यस्तै सामान्य घाइते भएका अन्य तीन जनालाई एम्बुलेन्समार्फत मुगु जिल्ला अस्पताल गमगढी लैजाने तयारी भइरहेको छ ।आज बिहान कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप दुर्घटना भएको थियो ।
काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री आचार्यले आज प्रदेश सभामा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका नौ, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक गरी ११ जना सांसदले मतदान गरे । प्रदेश सभामा चार जना सांसद रहेको राप्रपा भने मतदानमा तटस्थ रह्यो । अहिले लुम्बिनीमा रहेका ११ दलमध्ये सात वटा दलका सांसद र स्वतन्त्र सांसद खड्ग बस्नेतले आचार्यको पक्षमा मत दिएका छन् । अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ क बाट निर्वाचित आचार्य गएको साउन ७ गते कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा…
काठ्माडौं । अर्घाखाँचीको सिमलपानीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण शितगंगा नगरपालिका–१३ सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिएर ३५ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए । बिहानको समयमा पशुचौपाया फुकाएर बाहिर ल्याउन गोठमा गएका थापालाई घरमाथिबाट खसेको पहिरोले पुरेको थियो । गोठमा एउटा पाडो, दुई वटा बाख्रा र १५ वटा कुखुरासमेत च्यापिएर मरेका प्रहरीले जनाएको छ ।
काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम र लेस्टर सिटीले एक एक गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा टोटनहमले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको २९ औँ मिनेटमा टोटनहमका पेड्रो पेरोले गोल गरेका थिए । तर दोस्रो हाफको ५७ औँ मिनेटमा लेस्टर सिटीका जेमी भार्डीले गोल गरे । थप गोल नहुँदा खेल बराबरीमा सकियो । यो बराबरीसँगै दुवै टोलीले अङ्क बाँडेका छन् । यो खेलसँगै लिगमा नयाँ सिजनको पहिलो चरणका १० खेल सकिएका छन् । पहिलो चरणमा ब्राइटन, आर्सनल, लिभरपुल, म्यानचेष्टर सिटी, एस्टनभिल्ला, ब्रेन्टफोर्ड, म्यानचेष्टर युनाइटेड र न्यूक्यासलले विजयी सुरुवात गरेका छन् । उनीहरुको समान…
काठमाण्डौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार रोजगारीसहितको विकासको पक्षमा रहेको बताएका छन् । मंगलबार आज बिहान भएको विकासका लागि वित्तसम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले युवा श्रम शक्तिलाई बजारको माग अनुकूल स्वदेशमै रोजगार वा स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताए । साथै उनले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताए । उनले कुल गार्हस्थ्य उत्पादनका तुलनामा राजश्वको अनुपात तुलनात्मक रूपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको बताए ।
काठ्माडौं । भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले यो मुद्दाको सुनुवाइ गर्ने बीबीसी हिन्दीले जनाएको छ । यो घटनालाई लिएर देशका धेरै भागमा विरोध प्रदर्शन भइरहेको छ । पश्चिम बंगालको कोलकातामा रहेको सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलको घटनामा दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन् । इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा गएको शनिवारदेखि आन्दोलन गरिरहेका चिकित्सकहरू अझै काममा फर्किएका छैनन् । उनीहरूले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन् । चिकित्सकहरूले आकस्मिकबाहेकका बिरामीको जाँच गरेका…
काठ्माडौं । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई बुङ्गल नगरपालिकाले राहत स्वरूप चार लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १० हजार रुपैयाँ नगदसहित राहत सामग्री प्रदान गर्ने जानकारी दिए । साथै पालिकाले चार लाख रुपैयाँ दिने भएको छ । पहिरोले टुमेडागाउँका वीरबहादुर धामीको घर पुरिँदा उनकी श्रीमती कालीदेवी धामी, जेठी बुहारी गोल्के धामी तथा नातिनीहरू ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी गरी चार जनाको मृत्यु भएको थियो । यसअघि सुदूरपश्चिम सरकारले पनि मृतकका परिवारलाई राहत स्वरूप प्रतिव्यक्ति एक लाख रुपयाँ दिने घोषणा गरेको…
काठमाण्डौ । शेयर बजार साढे ३४ अङ्कले घटेको को छ । शेयर बजार परिसूचक नेप्से आइतबार ३४ दशमलव ४७ अङ्कले घटेर दुई हजार नौ सय ६६ दशमलव ३३ विन्दुमा झरेको छ । आज बैंक, बीमा र म्युचुअल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्सुरेन्स कर्पोरेशन, मल्टिपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ । आज ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै…
काठमाडौं । नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसद्बाट विधेयक समेत पारित भएकोमा अमेरिकाको बधाई नेपाललाई प्राप्त भएको हो । नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेट्दै बधाई ज्ञापन गरेका हुन् । उपमन्त्री बर्माले नेपाल र अमेरिकाबीच ७७ वर्षदेखिको सम्बन्धको सम्झना गर्दै नेपालको विकासमा आफ्नो देश साझेदार हुन पाएकोमा खुसी समेत व्यक्त गरेका थिए । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार…
काठमाडौं । दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते भएकी छिन् । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उनकी १४ वर्षीया छोरी रमा घाइते भएको हो। ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते भएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिए । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
Quick Link
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.