Author: SonyOtv Media

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न भएको छ । आज दिउँसो पाइप फुटेर पानी बगेपछि विशेष अदालत र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । कार्यालयमा राखिएका गाडी र मोटरसाइकलसमेत डुबेका छन् । बबरमहलमा सडकसमेत भासिएको छ । यातायात पनि प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको आयोजनाले जनाएको छ ।

Read More

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन्। बुधबार बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। देशका केही ठाउँमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड दिएका थिए।

Read More

काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक र उनीहरूको परिवारले सरकारमाथि दबाबको लागि मार्चपास गरेका छन् । अन्यायपूर्ण गोर्खा भर्तिविरुद्ध सर्वोच्च अदालतले गरेको फैसला र कार्यान्वयनका लागि नेपाल सरकारलाई गरेको निर्देशनात्मक आदेश गरेको वर्षगाँठको अवसरमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले दबाबमूलक मार्चपास र जनसभा आयोजना गरेका हुन् । मार्चपास माइतीघर मण्डलाबाट सुरु गरेर संसद् भवन नयाँ बानेश्वर पुगी पुनः माइतीघर मण्डलामा आएर सभामा परिणत भएको थियो।

Read More

काठमाडौँ । स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् । सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । सुनुवाइ नभए दाङ फर्केर शान्तिपूर्णदेखि सशक्त र दाङ बन्दसम्मका कार्यक्रम गर्ने तयारी पनि भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले चेतावनी .

Read More

काठमाडौँ । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीबिचको छलफल सकारात्मक रहेको छ । सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको हो । मंगलबार पुनः बैठक बस्ने सहमति भएको आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए । सरकारले ताप्लेजुङको पाथीभरा ९मुक्कुम्लुङ० क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि…

Read More

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले काठमाडौंमा पनि प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा सोमबार विभिन्न प्लेकार्डसहित केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो । गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेको थियो । त्यसयता केबलकारविरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् । सम्बन्धित भिडियो तल लिंक थिच्नुहोस् ।

Read More

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन) लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताईन् ।आज आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । सांसद सापकोटाले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग गरिन् । उनले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने बताइन् । उनले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताइन् । सांसद सापकोटाले दुई दलले मात्रै संविधान संशोधन हुन नसकेपनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताइन् ।

Read More

काठमाण्डौ । बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न शुरू भएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले ४ वटा ठाउँमा क्यामेरा जडान गरेर खोजी शुरू गरेको राप्ती सोनारी सब डिभिजन वन कार्यालय, शमशेरगञ्जका प्रमुख मनोज शर्माले जानकारी दिएका हुन् । भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि ४ वटा ठाउँमा क्यामेरा जडान भएको उनले बताए । बाघ र चितुवाजस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको प्रमुख शर्माको भनाइ छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको भगवती सामुदायिक वनमा बाघको आक्रमणमा परी राप्ती सोनारी–८ की ६७ वर्षीया…

Read More

काठमाण्डौ । वैदेशिक रोजगारीमा क्यानडा र जापान पठाइदिने भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पर्साको पर्सागढी नगरपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–३२ बस्नै ३९ वर्षका शारदा कार्की र गुल्मीको सत्यवती गाउँपालिका–१ घर भई काठमाण्डौ महानगरपालिका–८ बस्ने ३० वर्षका रविन श्रेष्ठ रहेका छन् । शारदाले क्यानडा पठाइदिने भन्दै ५ जनाबाट ६ लाख ८५ हजार ५ सय र रविनले जापान पठाइदिने भन्दै १ जनाबाट २० लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि…

Read More

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानून कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिए । उनले असल मनसायका साथ आफ्नो पेशा, व्यापार, व्यवसाय गर्ने सबैमा विचलित नभई आफ्नो व्यावसायिक एवम् पेशागत जीवन निर्धक्क भई काम गर्न आग्रह गरेका छन् । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले यस वर्षदेखि प्रत्येक माघ १४ गते सम्पत्ति शुद्धीकरण…

Read More