Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आज जुन २६ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस
- रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा
- बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन
- फुकिएको बेलुनको संज्ञाः सांसद डा.सिंह
- प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल पुनगर्ठन, गृहमन्त्रीमा गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन नियुक्त
- गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह
- गृहमन्त्रीले भने,’म नैतिकताका आधारमा राजीनामा दिन्छु’
- बानेश्वरमा मृतकको संख्या १४ पुग्यो | कयौन घाइते ||
Author: SonyOtv Media
काठमाडौं। मध्यपुर थिमि नगरपालिकाले मध्यपुर महोत्सव–२०८१ आयोजना गरेको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । नगर प्रमुख एवं महोत्सवका संयोजक सुरेन्द्र श्रेष्ठले पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन र स्थानीय सम्पदालाई रोजगारी एवं आयसँग जोडेर अर्थतन्त्रलाई थप प्रगतिशील बनाउने अवधारणामा महोत्सवको आयोजना गरिएको बताएका छन् । महोत्वस आगामी पुस १२ देखि १४ सम्म चल्ने भएको छ । महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको बताइएको छ । महोत्सवले नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको…
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले अब सहकारी ठगहरू आकाशमाथि, जमिनमुनि जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताएका छन् । मंगलबार आव रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा सम्बोधन गर्दै उनले आफू सभापति रहेको सो संसदीय विशेष समितिले दिएको प्रतिवेदनले काम गरिरहेको बताए ।
काठमाण्डौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाण्डौ महानगरपालिकाले महानगरबासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताएका छन् । तीसौँ महानगर दिवसका अवसरमा आज, शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा उनले पालिकाको सक्रियताबाट नागरिकले आफ्नै घरआँगनमा सहज सेवा पाएका बताएका हुन्। उपराष्ट्रपति यादवले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाण्डौ महानगर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय केन्द्रबिन्दु रहेको बताए । उनले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिए । महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य पालिकाका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी…
काठमाण्डौ । विज्ञहरूले जलवायु परिवर्तनले निम्ताउँदै गरेको सङ्कट न्यूनीकरणका लागि तीन तहकै सरकारबीच समन्वय हुनुपर्ने बताए । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाण्डौमा आयोजित दुई दिने राष्ट्रिय गोष्ठीअन्तर्गत आज बिहिबार दोस्रो दिनको सत्रमा सहभागी विभिन्न सरोकार भएका निकायका प्रतिनिधिले हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन गर्न सहकार्य गर्न जोड दिएका हुन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गानाले सबै सरोकार भएका निकायसँग सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिए । जलवायु परिवर्तनको बढी जोखिम पर्वतीय क्षेत्रमा परिरहेको छ, यसले हिमालको हिउँ पग्लिरहेको छ, हिमताल फुट्ने तथा हिमपहिरोको जोखिम छ । उनले यस्ता समस्या समाधान…
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ५७ दिनदेखि प्रहरी हिरासतमा छन् । लामिछानेलाई थप पाँच दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलाशले लामिछानेलाई सातौं पटक हिरासतमा राख्न म्याद थप गरेको हो । लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेकाले अब मुद्दा दर्ता गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि शुरूमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन, १५ दिन…
काठमाण्डौ । निर्वाचन आयोगले आइतवारदेखि देशभरका सबै प्रदेश र जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम शुरू गर्ने भएको छ । यसअघि गएको १५ गते सम्पन्न उपचुनावका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरेकोमा आइतवारदेखि फेरि देशभर शुरू गर्ने निर्णय गरेको आयोगको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिईन् । उपचुनाव सकिएर परिणामसमेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य गर्न लागेको आयोगको विज्ञप्तिमा ल्लिेख छ । मतदाता नामावलीमा नाम दर्ताका लागि नागरिकता आवश्यक पर्छ । यस्तै नागरिकतामा उल्लेखित ठेगानाभन्दा मतादाता नामावली रहने ठेगाना फरक पर्ने भएमा विवाह दर्ता तथा बसाइँसराइ दर्ताको प्रमाण आवश्यक पर्ने आयोगको विज्ञप्तिमा…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । आज, बुधबार गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो । देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ । कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरूलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो । कोषले जनमुक्ति सेनाका डेपुटी कमाण्डरहरु नन्दकिशोर पुन पासाङ, वर्षमान…
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । आज, बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा।धनश्याम भुसालले विज्ञप्ती निकालेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका जानकारी दिएका छन् ।
काठमाण्डौः नेपाल र चीन दुवै देशले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले आज एकसाथ विज्ञप्ति निकालेर भ्रमणको औपचारिक घोषणा गरेका हुन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली आउँदो मङ्गलवार पाँच दिने चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्तासँगै पेकिङ विश्वविद्यालयमा हुने कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ…
काठ्माडौः प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय गुण भनेको जालझेल गर्ने नभएको बताएका छन् । आज लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा तेस्रो दीक्षान्त समारोहमा कुलपतिको हैसियतमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले बुद्धको सार तत्त्व सही विचार र सही मार्गमा अगाडि बढ्ने भएको उल्लेख गरे। उनले विद्यार्थीहरूले बुद्धका प्रवचनहरू आफ्नो जीवनमा अपनाउँदै अन्यत्र फैलाउने काम गर्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले पछिल्लो समय मान्छेले जानी जानी नराम्रो काम गर्ने गरेको समेत बताए । उनले स्थानीय जनताको सहयोगमा लुम्बिनी विश्वविद्यालय अगाडि आउन सफल भएको बताए । उनले बुद्धको यस ठाउँमा ध्यान र प्रवचण हुनुपर्ने कुरामा जोड दिए…
Quick Link
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.