
काठमाडौँ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट कार्यान्वयन हुने विश्वास नभएको बताए।
बजेट माथि टिप्पणी गर्दै प्रतिनिधिसभा बैठकमा सांसद सिंहले आफू दक्षिण एसियाको राजनीतिको विद्यार्थीसमेत भएको भन्दै जीडीपीको ३२–३३ प्रतिशत कहीँ पनि बजेट नबनाउने भन्दै फुकिएको बेलुनको संज्ञा दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति आवश्यक रहेको बताए । प्रतिनिधिसभाको बिहीबार आजको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आयातमा केही शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताएका हुन् ।
आफूहरूले त्यो छानबिन समिति अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि आवश्यक रहेको बताए ।
उनले जेठ १ देखि १४ गतेसम्म ३ हजार सवारी साधन आयात भएको तथा कर जेठ १४ गते पास भएर २१ गते गाडी आउनुले शङ्का देखिएको उनको भनाइ छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठ्माडौका जनता मात्र जनता नभई काठ्माडौ बाहिरका पनि नेपाली जनता हुन भन्दै बजेटमा टिप्णी गरेका छन ।
पुरा समाचार भिडियो लिंकमा दिइएको छ ।