
काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ ।
आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।

सो स्थलमा गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका थिए।
गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो। गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिएका थिए।