
काठमाण्डौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार रोजगारीसहितको विकासको पक्षमा रहेको बताएका छन् ।
मंगलबार आज बिहान भएको विकासका लागि वित्तसम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले युवा श्रम शक्तिलाई बजारको माग अनुकूल स्वदेशमै रोजगार वा स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताए ।
साथै उनले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताए । उनले कुल गार्हस्थ्य उत्पादनका तुलनामा राजश्वको अनुपात तुलनात्मक रूपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको बताए ।