
काठमाण्डौ । सुनको भाउ आज उच्च मूल्यबाट एक सय रुपैयाँले घटेको छ ।
हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेकामा आज एक सय रुपैयाँले घटेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।