
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम राष्ट्रिय भेला आजदेखि शुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बिहान ९ बजेदेखि शुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ ।
भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य(मान्यता, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।
सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले प्रतिवेदन पेश गर्ने जनाइएको छ ।
भेलाले राष्ट्रिय अभियान घोषणा गर्ने र प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ ।