
काठमाण्डौ । यस वर्षको असोज १५ गतेदेखि पुस १६ गते सम्मको तीन महिनामा पाँच वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम पानी पर्ने र देशका बाँकी भूभागमा सरदर पानी पर्ने सम्भावना रहेको छ ।
अधिकतम तापक्रम देशका धेरैजसो भूभागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।