
काठमाण्डौ । तिहार र छठमासमेत चिनीको अभाव हुने भनिएको छ ।
तिहार, छठ तथा नेपाल संवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन शुरु गरेको साल्टट्रेडिङ कर्पोरेशनले जनाएको छ ।
कर्पोरेशनले भारतबाट ५० किलोका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जको आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ । कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन शुरु भएकाले मुख्य पर्व तथा अरू समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।