
काठ्माडौं । घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति अर्थात् प्रतिमा आज विसर्जन गरिँदै छ ।
बाँकेमा सहरबजार तथा गाउँघर क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाउने गरिन्छ ।
ट्रक, ट्याक्टरलगायतका साधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाँचगान गर्दै मूर्ति सेलाउने गरिन्छ । मूर्ति विसर्जनलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । बाँकेमा झन्डै छ सय दुर्गा मूर्ति विसर्जन गरिने अनुमान छ ।