
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन् ।
सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बधाईसहित कार्यकालको पूर्ण सफलताको कामना गरेका हुन् ।
ट्रम्प प्रतिस्पर्धी कमला ह्यारिसलाई हराउँदै हिजो अमेरिकाको ४७ औँ राष्ट्रपतिमा विजयी भएका हुन्। प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
यसअघि हिजो ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।