
काठमाडौँ । नेकपा एमालेको आगामी मङ्सिर १६ गते ४४ पदमा स्थानीय तहको उपनिर्वाचन हुने भएको छ ।
एमालेको सचिवालय बैठकले हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
आव, शनिबार बसेको बैठकले सो उपनिर्वाचनका लागि तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।