
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा महामन्त्री थापाले कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने उल्लेख गरेका छन् ।
सहकारी प्रकरण होस् या जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरणमा जतिसुकै शक्तिशाली भए पनि कानूनी दायरामा आउनुपर्ने र कानूनी दायित्व बोक्नुपर्ने उनको भनाइ छ ।