
बुटवल। रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
न्यायाधीश प्रह्लाद कुमार योगीको इजालसमा लिइएको बयान सकिएको हो । सो मुद्दा बिहान अदालतले गरेको गोलाप्रर्थामा ५ नम्बर इजलासमा परेको थियो । जिल्ला अदालत रुपन्देही सूचना अधिकार अनन्त मरासिनीले बयान सकिएको बताएका छन् । उनले थुनछेक बहस भोलि हुने समेत जानकारी दिएका छन्।
जिल्ला अदालत रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दामा परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारी पीडितले दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन् ।